२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन

मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन
अ अ+ अ-

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । सोही गाउँपालिका–१ निवासी मनबहादुर बगाले मगरद्वारा लिखित उक्त पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो । 

गाउँपालिकाको आर्थिक सहयोगमा यसअघि उनले कक्षा एक र दुईका लागि ‘कानूङ ढूट्झ्युल–सोमरा कट्छया’ नामक मगर भाषा पुस्तक प्रकाशन गरिसेका छन् । नयाँ पुस्ताले मगर भाषा सजिलैसँग बोल्न–लेख्न सकुन् र भाषा लोप हुनबाट जोगाउने उद्देश्यले पुस्तक तयार गरेको लेखकले बताए । पुस्तकले आफ्नो संस्कृति र परम्परागत प्रविधि नयाँ पुस्तामा हस्तान्तरण गर्न सजिलो हुने उनको भनाइ छ । 

चौकुने गाउँपालिका मगर समुदायको अत्यधिक बसोबास हुने क्षेत्रमध्येमा पर्दछ । गाउँपालिकाका उपाध्यक्ष निर्मला रानामगरले मगर भाषाको पाठ्यपुस्तक निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्ने गरेको बताए । “मगर भाषाको पाठ्यपुस्तकले स्थानीय मगरभाषीको उत्थानमा महत्वपूर्ण योगदान मिल्नेछ”, पुस्तक विमोचन गर्दै उपाध्यक्ष रानाले भने । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले आधारभूत तहको शिक्षा मातृभाषामा दिई दोस्रो भाषी विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन पाठ्यपुस्तकले सहयोग पुर्याउने अपेक्षा गरे ।