१५ असार २०८३, सोमबार
,
Latest
त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूत हाउ यान्छी र माधव नेपालबिच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला चिनियाँ राजदूत सक्रिय भएकी छन् । चिनियाँ राजदूत चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन्।

भेटका बारेमा नेपालको सचिवालयले पुष्टि गरेको छ। तर उनीहरुका बीचमा भएको कुराकानीका बारेमा भने बताइएको छैन। नेकपामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नेपालसहित सचिवालयको बहुमत अर्कातिर छन् ।

पार्टी भित्र चर्किएको शक्ति संघर्ष टुंगोमा पुर्याउन र पार्टीलाई एक बनाएर लैजान प्रयास भए पनि त्यसको निष्कर्षमा पुग्न सकेको छैन । ओली र दाहालका बीच बालुवाटारमा भएको छलफल आइतबार पनि निष्कर्षमा नपुगेपछि दिउँसो दाहालसँग छलफलको बिफ्रिङ सुनेर नेपाल खुमलटारबाट फर्केका थिए।

नेकपामा विवाद चुलिएका बेला राजदूत यान्छी र नेता नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।