३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाका स्थानीय तहमा हेलिप्याड



अ+ अ-

रोल्पा । रोल्पाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ ।  विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरी महिलाको आपतकालीन उद्वारमा सहज होस् भन्ने उद्देश्यले नेपाली सेनाले उक्त होलिप्याड बनाएको हो । 

जिल्लाका सुनछहरी गाउँपालिकाको पोवाङ, रुन्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा हेलिप्याड निर्माण गरिएको हो । सेनाको खड्गदल गण लिवाङले सो हेलिप्याड निर्माण गरेको हो । प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा नेपाली सेनाले लिएको हो । रोल्पा नगरपालिकाको लिवाङको हेलिप्याड भने नगरपालिका आफैँले बनाइरहेको छ । 

“विपद्सँग सम्बन्धित विषय नेपाली सेनाको पनि सरोकारको विषय भएकाले हेलिप्याड निर्माण गरेका हौँ”, खड्गदल गण रोल्पाका गणपति सुधिर केसीले भन्नुभयो, “लकडाउनको असहजताबीच निर्माण कार्य सम्पन्न गरेका छौँ ।” 

जिल्ला प्रशासन कार्यालयको कार्यदेशअनुसार खड्गदल गण रोल्पा उक्त निर्माण कार्यमा सरिक भएको थियो । सार्वजनिक खरिद ऐन बमोजिम उक्त हेलिप्याड निर्माण गरिएको हो । प्रति हेलिप्याड रु पाँच लाखका दरले निर्माण गरिएको सेनाले जनाएको छ । सो निर्माणका लागि प्रदेश सरकारले अघिल्लो वर्ष नै बजेट विनियोजन गरेपनि विविध कारणवश निर्माण हुन सकेको थिएन । निर्माण कार्य नहुँदा अघिल्लो वर्ष बजेट फिर्ता गएपछि यस वर्ष नेपाली सेनालाई निर्माण कार्यको जिम्मा दिइएको हो ।

रोल्पा नगरपालिकाले नाइट भिजन हेलिप्याड निर्माण गरेको छ । अघिल्लो वर्ष रु १५ लाख वजेट खर्चेर बनाइएको हेलिप्याड वर्षासँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागी बजेट छुट्याएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । सो हेलिप्याडका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ । वर्षातको मौसमसँगै रोल्पाका अधिकांश सडकहरुमा आउने पहिरोले ६ महिनासम्म सडक अवरुद्ध हँुदा बिरामी, सुत्केरी महिला तथा विपद्मा परेकाहरुले अकालमा ज्यान गुमाउने गरेका छन ।