२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

के मानिस स्वाभावले नै अल्छी हुन्छन् ?

के मानिस स्वाभावले नै अल्छी हुन्छन् ?
अ अ+ अ-

काठमाडौं । के तपाईँले क्यालिफोर्नियाको गभर्नर कार्यालयले जारी गरेको छोटो भिडिओ हेर्नु भएको छ ? तीस लाखभन्दा बढी मानिसले हेरेको त्यो भिडिओ अहिले सामाजिक सञ्जालभर भाइरल छ। उक्त भिडिओमा हास्य कलाकार लरी डेभिडले कृत्रिम हाँसोमिश्रित शैलीमा मानिसलाई सरकारी आदेश मानेर कोभिड(१९ फैलनबाट रोक्न घरमै बस्न आग्रह गरेका छन्।

'तपाईँहरूको समस्या के हो, मूर्खहरू ?' भिडिओमा उनी भन्छन्, तपाईँहरू दिनभरि कुर्सीमा बसेर टिभी हेर्ने गजबको अवसर खेर फालिरहनु भएको छ। हामीलाई सामान्य अवस्थामा गर्न मन नलाग्ने कामहरू स्वास्थ्यसम्बन्धी चेतावनीपछि गर्नुपर्ने हुन्छ। जस्तो कि धेरै शारीरिक अभ्यास गर्ने वा दैनिक धेरै तरकारी र फलफूल खाने।

तर कुनैबेला सोफामा लम्पसार परेर बस्ने, टेलिभिजन हेर्ने र घरमै बस्ने सरकारी सुझाव पनि सहज लाग्छ। अल्छीलाई यी कुराले आकर्षित गर्नुपर्ने जस्तो देखिन्छ। तर त्यो त्यति सजिलो पनि छैन। केही साताको लकडाउन झेलेपछि तपाईँहरूले त्यो थाहा पाइसक्नुभयो।जैविक रूपमा हामी थोरै काम गरेर बस्न सक्दैनौँ भन्ने देखिएको छ। हामी क्रियाकलापमै रमाउँछौँ।

अथवा कम्तीमा हामी व्यस्त हुने र आराम गर्ने अवस्थाको सन्तुलनमा खुल्छौँ। सत्य यो पनि हो कि हामी प्रायः सहज विकल्प खोजिरहेका हुन्छौँ। हाम्रा लागि थोरै सहनशील भए हुने वा छोटो बाटोबाट सफलता पाइने उपाय प्रिय हुने गर्छ।

रिमोट कन्ट्रोलको छ भने किन उठेर टिभी खोल्नु ? मोटरसाइकल छ भने किन हिँडेर लिएर सुपरमार्केट जाने ? सहकर्मीले भन्दा आधा काम गरेर पुग्छ भने किन नगर्नेरु हरेकखाले काम वा प्रयासमा मानसिक र शारीरिक दबाव हुन्छ।

त्यसैले सम्भव भएसम्म मानिसहरूले काम छल्न खोज्नु स्वभाविक नै हो। के तपाईँले कुनैबेला केही पनि गर्दिन भनेर सोच्नुभएको छरु त्यो रमाइलो लाग्न सक्छ तर त्यो पनि निकै कठिन हुन जान्छ। युनिभर्सिटी अफ भर्जिनियामा गरिएको एउटा चर्चित अध्ययनमा सहभागीहरूलाई पालैपालो पूरै खाली कोठमा राखिएको थियो।उनीहरूसँग फोन, पुस्तक वा टेलिभिजन केही थिएन। र उनीहरूलाई ननिदाउन भनिएको थियो। ती व्यक्तिलाई गोडामा उपकरण जोडेर १५ मिनेटसम्म एक्लै छाडियो। त्यो एकछिन आराम गर्ने अवसर थियो।

उनीहरूलाई एक्लै छाड्नुअघि एउटा स्वीच थिच्न सिकाइएको थियो जसले विद्युतीय झट्का दिन्थ्यो। तपाईँलाई एकपटक झट्का खाएकोले फेरि त्यसो गर्ने छैनन् भन्ने लाग्यो भने गलत सोच्नुभयो। त्यहाँ ७१ प्रतिशत पुरुष र २५ प्रतिशत महिलाले कम्तीमा एकपटक आफूलाई फेरि झट्का दिए। एकजना पुरुषले त आफूलाई १९० पटक झट्का दिए।

अध्ययनले के देखायो भने केही पनि नगर्नु झन् पट्यारलाग्दो काम हो। विकल्पको रूपमा धेरै सहभागीले आफैलाई यातना दिने काम रोजे। जबरजस्ती लादिएको र लम्ब्याइएको आरामले झन् बेचैनी बढाउँछ। लकडाउनका बेला हामीले आफूलाई सामान्य दिनको जस्तो अवस्थामा ढाल्न आवश्यक छ। त्यसैले नियमित योग, वा अन्य काम लगाउनु एवम् मिहिनेत र कठिन काममा संलग्न हुनु निकै महत्त्वपूर्ण छ।

सामान्य अवस्थामा हामीले आरामलाई खासै महत्त्व दिँदैनौँ। त्यसैले यो समयमा हामीले सक्दो धेरै आराम गर्नु त आवश्यक छ नै। यसले गर्दा पुनः सामान्य दैनिकीमा फर्कँदा हामीमा काम र आरामको सन्तुलित भावना आउँछ। तर यो कठिन समयमा हामीले आफूलाई अल्छी प्रजाति होइनौ भन्ने थाहा पाउँदै छौँ।

-बीबीसी नेपालीबाट।