१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे २२ केजी चरेशसहित दुई पक्राउ



अ+ अ-

दाङ । साढे २२ केजि चरेशसहित २ जना पक्राउ परेका छन् । सोमबार प्रदेश ५ नंम्बर प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले चरेशसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं. ७ निवासी २९ वर्षीय मेघराज गिरी र रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वडा नं. ८ स्यालापाखा निवासी ३५ वर्षीय रतिभान दमाई रहेका छन्। प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले उनीहरूलाई बुटवलबाट पक्राउ गरेको हो।

प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको विशेष टोलीले बुटवल उपमहानगरपालिका वडा नं.१२ हरियाटोल निवासी धनबहादुर दमाईको खाली घरमा लुकाई राखेको अवस्थामा उक्त परिमाणमा चरेश बरामद गरेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता बैदवारले बताए।