३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन मन्त्री र अष्ट्रेलियन राजदूतबीच भेट



अ+ अ-

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्टे«लियाका राजदुत पिटर वडबीच सोमवार  भेटवार्ता भएको छ । 

सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराईले दुई देश बीचको ब्यवसायिक हवाई सञ्चालनको लागि राजदुतसँग आग्रह गर्नु भएको थियो । 

मन्त्री भट्टराई र राजदूत वडवीच विश्व महामारीको रुप लिईरहेको कोभिड –१० ले पारेको असर र यो महामारी न्यूनिकरणका लागि गरिएका कामहरुको अनुभव आदान –प्रदान पनि भएको थियो । मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गर्नुभयो । 

त्यस्तै, राजदूत वडले ब्यवसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउँदै अष्ट्रेलियन नागरिकहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रसंसा गर्नुभएको थियो ।