२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

बन्दाबन्दीले ‘छ लेन’ सडक निर्माण कार्य सुस्त

बन्दाबन्दीले ‘छ लेन’ सडक निर्माण कार्य सुस्त
अ अ+ अ-

कैलाली । सरकारको प्राथमिकता प्राप्त आयोजना धनगढीको मोहनापुल–अत्तरिया ‘छ लेन’ सडक निर्माण कार्यको भौतिक प्रगति ६३ प्रतिशत पूरा भएको छ । तीन वटा प्याकेजमा निर्माणाधीन रहेको यो १४ किलोमिटर लामो सडक आयोजनाको पहिलो प्याकेजअन्तर्गतको काम आगामी मङ्सिरमा र दोस्रो तथा तेस्रो प्याकेजअन्तर्गतको काम आगामी माघ महिनासम्म पूरा गर्ने लक्ष्य लिइएको छ । 
  
मोहना पुलदेखि धनगढीको ट्राफिक चोकसम्म पहिलो प्याकेज र ट्राफिक चोकदेखि अत्तरियासम्मको सडकलाई दोस्रो र तेस्रो प्याकेजमा राखेर निर्माण भइरहेको छ । यो सडक निर्माण पूरा गरिसक्नुपर्ने दुई वर्षको अवधि ९गएको जेठ महिना० सम्ममा निर्माण कार्य पूरा हुन नसकेपछि पछिल्लो पटक निर्माण अवधि केही महिना थपिएको छ ।
   
आयोजनाका प्रमुख होमबहादुर एसीले हाल सडकमा कालोपत्र गर्नेलगायतका कार्य भइरहेको बताउनुभयो । सडकमा पर्ने स–साना पुलेसाको निर्माण पूरा भइसकेकामा साविकको गेटा नजिक रहेको मनहरा नदी र सुनिखोलामा पर्ने पुल निर्माण ठेक्काको प्रक्रिया गर्ने भने अझै शुरु हुन सकेको छैन । 
 
“बन्दाबन्दीका कारण समयमै पुलको ठेक्का गर्ने कार्य अघि बढ्न सकेन”, आयोजना प्रमुख एसीले भन्नुभयो, “केही महिनापछि ठेक्काको काम पनि अघि बढाउन लागिएको छ ।” बन्दाबन्दीका कारण भएको मजदूरको अभावसँगै सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । बन्दाबन्दीले लक्ष्यअनुसार निर्माण कार्यलाई गति दिन नसकिए पनि यो अवधिमा धुलाम्य र हिलाम्य सडक हुने समस्या समाधान गरिएको एसीले बताउनुभयो ।
  
बन्दाबन्दी शुरु भएसँगै घर गएका अधिकांश कामदार अझैँ नफर्किएको जनाइएको छ । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको यो सडकमध्ये शहरी क्षेत्रमा ‘छ लेन’ र ग्रामीण क्षेत्रमा ‘चार लेन’को सडक निर्माणाधीन छ । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा शुरुको अवस्थामा विवाद उत्पन्न भएपछि यो सडक निर्माण कार्य अघि बढाउन ढिलाइ भएको थियो । 
 
यसबाहेक साविकको सडक क्षेत्रका रुख कटानी र बिजुलीका खम्बा सार्नमा भएको ढिलाइले पनि निर्माणको काम अघि बढाउन समय लागेको थियो । यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न रहेका छन् । 
  
शुरुको अवस्थामा सडक आयोजना कार्यालयका प्रमुखको पटकपटक सरुवा हुने भई कामको समयमै रेखदेख एवं निर्माणमा असर पुग्दा निर्माणमा समेत ढिलाइ भएको थियो । यो सडकको लागत इष्टिमेट रु एक अर्ब ६८ करोडको रहेको छ । धनगढी क्षेत्रमा सडक सञ्जालको विकास एवम् स्तरोन्नतिका लागि पहिलो पटक यति ठूलो बजेट रकमसहित छ लेन सडक निर्माण कार्य भइरहेको हो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी शहर धनगढी प्रवेश गर्ने एकमात्र मुख्य यो सडकमा दैनिक साना ठूला तीन हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गरेको छ ।