७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध हटाउन सभामुखले थाले छलफल



अ+ अ-

काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

सिंहदरबारमा सभामुखसहित दलका मुख्य सचेतक र प्रमुख सचेतकको बैठक जारी छ ।

बैठकमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरलगायत विषयमा छलफल चलिरहेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रतिपक्ष दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन चल्न नदिने बताएका छन् ।

यसैबीच, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने निर्णय गरेको छ ।