२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रमा मध्यमवर्गको उदय भइरहेकोः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ।  नेकपा कम्युनिष्ट पार्टी (एमाले)ले महासचिव शङ्कर पोखरेलले गणतन्त्रमा मध्यमवर्गको उदय भइरहेको बताउनुभएको छ ।

एमालेले आज आयोजना गरेको ‘गणतन्त्र उत्सव’पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रले जनतालाई शक्तिशाली बनाउँछ भन्ने मान्यतालाई स्थापित गरेको टिप्पणी गर्नुभयो । उहाँले  नेपालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतासहित समावेशी लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापना गरेको भन्दै त्यही व्यवस्थाबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाइरहेको उल्लेख गर्नुभयो ।

उहाँले गणतन्त्र व्यवस्थाप्रति नेपाली जनताको अपनत्व रहेको उल्लेख गर्दै जनताको बलिदानीपूर्ण सङ्घर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतीकका रुपमा रहेको बताउनुभयो ।

महासचिव पोखरेलले कतिपय मानिसले लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गरिरहेको भन्दै पञ्चायतका अन्तिम समयमा धनी र गरिबबीचको खाडल २१ गुणा थियो तर आज आज त्यो खाडल घटेर छ गुणामा सीमित भएको भनाइ राख्नुभयो । उहाँले सिङ्गो राष्ट्रको ध्यान बजेटमा केन्द्रित भइरहेका बेला जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने अवाञ्छित गतिविधि भइरहेको उल्लेख गनुृभयो ।

एमाले आज सबै पालिकामा गणतन्त्र दिवस मनाएको छ । एमाले प्रचार विभाग प्रमुख उत्सव विभिन्न जातजातिका बाजागाजासहित भव्य रुपमा मनाएको बताउनुभयो । सभा अघि एमालेले वेषभूषा, सांस्कृतिक झाँकी ¥याली निकालेको थियो ।

एमालेले आरआर क्याम्पस, पद्यमकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट विभिन्न वेषभूषा, सांस्कृतिक झाँँकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर बृहत् ¥याली निस्केको थियो । र्याली सहिदगेट, सुन्धारा रत्नपार्क हुँदै पुन भृकुटीमण्डपमा पुगी समापन गरिएको थियो ।

उत्सवमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेललगायत पार्टीका शीर्ष नेताहरुको सहभागी हुनुभएको थियो । यस्तै पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय सङ्गठनकोसमेत उत्सवमा सहभागी थियो । रासस




भर्खरै