३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक बस्दै, बैठकले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने



अ+ अ-

काठमाडौं । मंगलबार मन्त्रिपरिषद बैठक बस्ने भएको छ । अपरान्ह ४ बजे बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।  

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी हरिबहादुर पाल र शैलेश थापा क्षेत्री रहेका छन् । पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् भने थापाले संगठनमा इमान्दार अधिकृतका रुपमा छवि बनाएका छन् । दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् ।  

प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।