२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनमा सहभागी हुन आउनेलाई विभिन्न नाकामा अवरोध गरेको राप्रपाको आरोप



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पक्षधरहरू आन्दोलनमा सहभागी हुन आउने क्रममा विभिन्न नाकामा अवरोध भइरहेको जनाएको छ ।

राप्रपापार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत विभिन्न भूगोलबाट काठमाडौं आइरहेका आफ्ना समर्थकहरूलाई नाकामा अनावश्यक सोधपुछ गर्ने काम भइरहेको जानकारी गराउनु भएको छ ।

उहाँले लेख्नुभएको छ- राजसंस्था पक्षधरहरुको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाण्डौं आइरहेका विभिन्न भुगोलका राष्ट्रवादी साथीहरुलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सुचना आएको छ। त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछु।

राजसंस्था पुनस्थापना धर्मनिरपेक्षता र संघियताको खारेजीको माग राख्दै राप्रपासहितका दलहरूको समर्थनमा राजसंस्थापक्षधरहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।