२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक राजनीतिक उपलब्धिको रक्षा, प्रयोग र विकास गर्नु सबैको साझा दायित्व : पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिको रक्षा, प्रयोग र विकास गर्दै अघि बढ्न्ुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरुलाई सदा कायम राखिरहन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ,– ‘गणतन्त्र नेपाली जनताको लामो र कठोर संघर्षको मूर्त रूप हो । यस ऐतिहासिक राजनीतिक उपलब्धिको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने हामी सबैको साझा दायित्व हो ।’

उहाँले राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तिव्रता दिन मार्ग प्रशस्त गरेको छ बताउनुभएको छ । यसले हौसला प्रदान गरेको उहाँकोभ नाइ छ । ‘शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एक स्तरका उपलब्धीहरू हासिल भएका छन् । अनि आफ्नो देशको विकास आफै गर्नु पर्दछ भन्ने भावना विस्तारित र दरिलो बनिरहेको छ’ उहाँले भन्नुभएको छ– ‘मुलुकको आर्थिक विकासको लागि हाम्रो प्रयासलाई थप सघन र उपलब्धिमूलक बनाउन सकेको खण्डमा समृद्धिका निम्ति जनताको आकाङ्क्षालाई साकार तुल्याउन सकिनेछ । त्यसैले, आर्थिक रूपले सुसम्पन्न नेपाल बनाउने महाअभियानलाई सार्थक तुल्याउने दिशामा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सबैलाई गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’