९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

‘गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुन सक्दैन’

‘गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुन सक्दैन’
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुनै नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुनेगरी समानुपातिक/समावेशी शासन प्रणाली र सङ्घीयताको कुशलताका साथ अभ्यास गर्नुपन चुनौती रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले गणतन्त्र दिवस वंशीय परम्परामा आधारित निरङ्कुश र एकात्मक राजतन्त्रलाई जनताले जितेको अवसरमा मनाइने उत्सव भएको भन्दै गणतान्त्रिक व्यवस्था शासन पद्धति मात्रै नभई आमजनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनुपर्ने मुख्य विषय रहेको उल्लेख गर्नुभयो । जनअपेक्षाअनुरूप काम गर्न नसक्दा देखिएको निराशालाई आफ्नो स्वार्थ पूरा गर्ने अस्त्रका रूपमा प्रयोग गर्दै पश्चगामी पुन:उत्थानवादी शक्तिहरूले फेरि पनि आफ्नो ‘लुटको स्वर्ग’ फिर्ता गर्न सकिन्छ कि भनेर दुष्प्रयास गरिरहेको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनहरुमा आफ्नो प्राणोत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता/घाइते अपाङ्ग योद्धाहरूका साथै गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकारलगायत आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

“सत्र वर्षअघि आजकै दिन विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको थियो । २४० वर्षदेखि चलिआएको वंशीय परम्परामा आधारित निरङ्कुश राजतन्त्रको अन्त गरी गणतान्त्रिक व्यवस्था स्थापना गर्नु नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक परिवर्तन हो”, अध्यक्ष दाहालको भनाइ छ,“यसर्थ गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो । संविधानले निर्दिष्ट गरेअनुरूप समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता हो ।”

उहाँले आजको दिनले सबैलाई सहिदहरूले देखाएको सत्य र न्यायको बाटोमा हिँड्न तथा सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भन्दै कामना गर्नुभएको छ ।