४ भाद्र २०८३, बिहीबार
,
Latest
खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री



अ+ अ-

काभ्रेपलाञ्चोक, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताउनुभएको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्नुहुँदै उहाँले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ भन्नुभयो ।

उहाँले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरुले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाउनुभयो ।

“अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । कुरा काट्नेहरु त गल्ली गल्लीमा भेटिन्छन् । काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरुले यो काम अघि बढाए । त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे । अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुुट्न दिनुहुँदैन । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।