काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ ।
रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् । उनले भने ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं ।’
रास्वपासहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन् ।
तर संवैधानिक व्यवस्था बमोजिम भोलि (१५ जेठमा) प्रस्तुत हुनुपर्ने आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुन दिने रास्वपा नेता झाको भनाई छ ।










