काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) फिर्ता बोलाएको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र सांसदद्वय ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।
शाहीले सरकारले आफूहरूको पीएसओ फिर्ता गरेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग शाहीले भने, ‘सरकारलाई यतिमात्रै भन्छु, अति नगर्नू, अति गर्यो भने खति हुन्छ ।’
पीएसओ किन खोसियो भन्ने प्रश्नमा उनले सरकारलाई नै सोध्न आग्रह गरे ।
सरकारले राप्रपाका प्रमुख सचेतक रहेका शाही, पूर्वाधार विकास समितिका सिंह र पूर्वआइजीपी प्रधानलाई पीएसओ उपलब्ध गराउँदै आएको थियो ।










