७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन सुरु भएलगत्तै विपक्षी दलको अवरोध, आधा घण्टाका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलले अवरोध गरेका छन् ।

बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो । विपक्षीको अवरोधपछि बैठक आधा घण्टालाई स्थगित गरिएको छ ।

बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा बसेका थिए ।

बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ ।

अर्कोतर्फ, प्रतिपक्ष दलले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश देखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेको छ ।