७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध हटाउन सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल



अ+ अ-

काठमाडौँ । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरे प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले सदन अवरोध गरेपछि सभामुखले छलफल थालेका हुन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखिरहेका छन् ।

गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने अडान राखेका विपक्षीलाई सभामुखले बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिलाई बुझेर अगाडि बढ्न आग्रह गरेका छन् ।

अर्कोतर्फ सत्तापक्षले भने गृहमन्त्रीले राजीनामा नदिने संसदमा जवाफ दिने बताएका छन् ।