७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको राजीनामा नआएसम्म विपक्षीले सदन चल्न नदिने



अ+ अ-

काठमाडौँ । प्रतिपक्ष दलले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश देखकको राजीनामा नआएसम्म सदन चल्न नदिने भएका छन् ।

केहीबेरअघि बसेको बैठकले आफ्नो अडानबाट ब्याक नहुने निर्णय गरेको हो ।

बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए ।

अर्कोतर्फ सत्तापक्षले भने विपक्ष दलको अवरोधकाबीच आज गृहमन्त्रीलाई जवाफका लागि सदनमा उभ्याउने तयारी गरेको छ ।

गृहमन्त्रीसहित प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले गृहमन्त्रीले राजीनामा नदिने तर सदनमा बोल्ने निर्णय गरेको छ ।

बिहान ११ बजेलाई बोलाएको बैठक अहिलेसम्म सुरू हुन सकेको छैन ।