७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई ओलीको फोन, सदन खुलाउन आग्रह



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोन वार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर सदनको अवरोध खोलेर सहयोग गर्न आग्रह गरेका हुन् ।

स्रोतका अनुसार प्रचण्डले भने विपक्षी दल आफ्ना अडानप्रति स्पष्ट रहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने जवाफ फर्काएको बताइएको छ ।