२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली प्रचण्ड वार्ताको बटमलाइन ओलीको राजीनामा : तर ओली तयार भएनन्



अ+ अ-

काठमााडौँ । प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच आज बालुवाटारमा करिब तीन घन्टा वार्ता भएको थियो । त्यो वार्ता अथवा छलफल उनीहरु दुईजनाबीच मात्र भएको थियो । त्यस वर्ताको निष्कर्ष औपचारिक रुपमा बाहिर आएको त छैन, तर प्रचण्डको टमलाइन भने प्रधानमन्त्री नै रहेको नेकपाका एकजना नेताले बताए । उनका अनुसार आजको वार्ताका क्रममा पनि प्रचण्डले ओलीलाई प्रधानमन्त्री छोड्नुपर्ने अडान नै दोहोराएका थिए । 

तर त्यसका लागि ओलीले भने सहमति जनाएनन् । उनले आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष कुनै पनि हालतमा नछोड्ने त्यस बाहेकका अरु सबै विषयमा छलफल गर्न तयार रहेको बताएका थिए । प्रचण्डले 'मैले तपाईँसँग गर्ने अपेक्षा नै यही हो कि पहिलेको सहमति बमोजिम पनि तपाइँले अब प्रधानमन्त्री पद छोड्ने बेला भयो र अहिले विकसित परिस्थितिअनुसार पनि पार्टीका अधिकांश नेताहरुले तपाइँले प्रधानमन्त्री पद छोड्नैपर्ने आवाज उठाएका छन्, त्यसैले तपाईँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुहोस्' भनेका थिए । 

तर यसलाई ओलीले भने सुनेको नसुन्यै गरी आफ्नो कुरा मात्र राखेको ती नेताले बताए । ती नेताले भने- 'खासै नयाँ कुरा आएन, उहाँहरु दुवै जना आआफ्नो अडानमै रहेर उठ्नुभएको छ ।' पछिल्लो वार्ताबारे एक नेताले प्रचण्डको भनाई उद्धृत गर्दै भने- 'तपाईबाट पार्टी र सरकार दुवै चलेन र दुवै पदबाट हटाउनुपर्छ भनेर बहुसंख्यक साथीहरु लागेका छन् । स्थायी कमिटीले केही न केही निर्णय गर्नैपर्ने हुन्छ । त्यो हुन नदिन जेठ २ को समझदारीमा फर्कौं, तपाईले प्रधानमन्त्री त्याग्नुस, यसमै तपाईको पनि हित छ भनेर प्रचण्डले भन्नुभयो तर प्रधानमन्त्रीबाट खासै केही नयाँ कुरा आएन ।'

तर पनि केपी ओली दुवै पद छाड्न तयार छैनन् । उनीसँग विभिन्न समयमा वार्तामा बस्ने गरेका नेताहरु भन्छन्, छाड्नुपरे वा हटाउन खोजिए पार्टी फुटाउने चेतावनी प्रधानमन्त्री ओलीले दिइरहेका छन् । उनी प्रचण्डसँग मंसिर ४ को सहमतिमा फर्किन आग्रह गरिरहेका छन् । त्यो भनेको प्रचण्डले कार्यकारी अध्यक्षका हिसाबले पार्टी चलाउने र ओलीले पूरै कार्यकाल प्रधानमन्त्री चलाउने ।

मंसिर ४ को सहमतिलाई आवश्यक परे थप व्याख्या गर्न पनि प्रधानमनत्री ओली तयार देखिएका छन् । त्यसका लागि बरु कुनै लिखित सम्झौता वा कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी तथा सरकार सन्चालनमा प्रचण्डको पनि भूमिकाका सन्दर्भमा समझदारी गर्न सकिने उनको बटमलाइन छ । तर त्यो विषयलाई प्रचण्डले भने उधारो भनेर टारिदिएका छन् । प्रचण्डले आजको बैठकमा तपाइँले यस्ता शब्दजाल हिजो पनि छोड्नु भएकै हो, तर किन यस्ता समस्याहरु हरेक ३ महिनामा देखिएका छन् त ? त्यसैले अहिलेको निकास भनेकै तपाईँले प्रधानमन्त्री पद छोड्नुपर्छ यसबाहेक अरु कुनै सहमति हुन सक्दैन ।

बरु आज प्रधानमन्त्रीले नयाँ कुरा पार्टी एकता आफूहरु दुईजना भएर गरेकाले दुई अध्यक्षको समझदारीमा नै अब के गर्ने हो त्यो गर्नुपर्छ यस बाहेक अरु विधिमा र बाहिर कतै जानु हुदैन भन्ने थियो । तर पनि प्रचण्डले भन्ने गरेको जेठ २ को समझदारी मंसिर ४ मा टुंगिसकेकाले अबका दिनमा आलोपालोमा प्रधानमन्त्री चलाउने भन्ने कुरा त प्रसंगबाहिर भइसकेको कुरा आज प्रधानमन्त्रीले गरेका थिए ।