२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

ओली प्रचण्ड वार्ताको बटमलाइन ओलीको राजीनामा : तर ओली तयार भएनन्

ओली प्रचण्ड वार्ताको बटमलाइन ओलीको राजीनामा : तर ओली तयार भएनन्
अ अ+ अ-

काठमााडौँ । प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच आज बालुवाटारमा करिब तीन घन्टा वार्ता भएको थियो । त्यो वार्ता अथवा छलफल उनीहरु दुईजनाबीच मात्र भएको थियो । त्यस वर्ताको निष्कर्ष औपचारिक रुपमा बाहिर आएको त छैन, तर प्रचण्डको टमलाइन भने प्रधानमन्त्री नै रहेको नेकपाका एकजना नेताले बताए । उनका अनुसार आजको वार्ताका क्रममा पनि प्रचण्डले ओलीलाई प्रधानमन्त्री छोड्नुपर्ने अडान नै दोहोराएका थिए । 

तर त्यसका लागि ओलीले भने सहमति जनाएनन् । उनले आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष कुनै पनि हालतमा नछोड्ने त्यस बाहेकका अरु सबै विषयमा छलफल गर्न तयार रहेको बताएका थिए । प्रचण्डले 'मैले तपाईँसँग गर्ने अपेक्षा नै यही हो कि पहिलेको सहमति बमोजिम पनि तपाइँले अब प्रधानमन्त्री पद छोड्ने बेला भयो र अहिले विकसित परिस्थितिअनुसार पनि पार्टीका अधिकांश नेताहरुले तपाइँले प्रधानमन्त्री पद छोड्नैपर्ने आवाज उठाएका छन्, त्यसैले तपाईँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुहोस्' भनेका थिए । 

तर यसलाई ओलीले भने सुनेको नसुन्यै गरी आफ्नो कुरा मात्र राखेको ती नेताले बताए । ती नेताले भने- 'खासै नयाँ कुरा आएन, उहाँहरु दुवै जना आआफ्नो अडानमै रहेर उठ्नुभएको छ ।' पछिल्लो वार्ताबारे एक नेताले प्रचण्डको भनाई उद्धृत गर्दै भने- 'तपाईबाट पार्टी र सरकार दुवै चलेन र दुवै पदबाट हटाउनुपर्छ भनेर बहुसंख्यक साथीहरु लागेका छन् । स्थायी कमिटीले केही न केही निर्णय गर्नैपर्ने हुन्छ । त्यो हुन नदिन जेठ २ को समझदारीमा फर्कौं, तपाईले प्रधानमन्त्री त्याग्नुस, यसमै तपाईको पनि हित छ भनेर प्रचण्डले भन्नुभयो तर प्रधानमन्त्रीबाट खासै केही नयाँ कुरा आएन ।'

तर पनि केपी ओली दुवै पद छाड्न तयार छैनन् । उनीसँग विभिन्न समयमा वार्तामा बस्ने गरेका नेताहरु भन्छन्, छाड्नुपरे वा हटाउन खोजिए पार्टी फुटाउने चेतावनी प्रधानमन्त्री ओलीले दिइरहेका छन् । उनी प्रचण्डसँग मंसिर ४ को सहमतिमा फर्किन आग्रह गरिरहेका छन् । त्यो भनेको प्रचण्डले कार्यकारी अध्यक्षका हिसाबले पार्टी चलाउने र ओलीले पूरै कार्यकाल प्रधानमन्त्री चलाउने ।

मंसिर ४ को सहमतिलाई आवश्यक परे थप व्याख्या गर्न पनि प्रधानमनत्री ओली तयार देखिएका छन् । त्यसका लागि बरु कुनै लिखित सम्झौता वा कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी तथा सरकार सन्चालनमा प्रचण्डको पनि भूमिकाका सन्दर्भमा समझदारी गर्न सकिने उनको बटमलाइन छ । तर त्यो विषयलाई प्रचण्डले भने उधारो भनेर टारिदिएका छन् । प्रचण्डले आजको बैठकमा तपाइँले यस्ता शब्दजाल हिजो पनि छोड्नु भएकै हो, तर किन यस्ता समस्याहरु हरेक ३ महिनामा देखिएका छन् त ? त्यसैले अहिलेको निकास भनेकै तपाईँले प्रधानमन्त्री पद छोड्नुपर्छ यसबाहेक अरु कुनै सहमति हुन सक्दैन ।

बरु आज प्रधानमन्त्रीले नयाँ कुरा पार्टी एकता आफूहरु दुईजना भएर गरेकाले दुई अध्यक्षको समझदारीमा नै अब के गर्ने हो त्यो गर्नुपर्छ यस बाहेक अरु विधिमा र बाहिर कतै जानु हुदैन भन्ने थियो । तर पनि प्रचण्डले भन्ने गरेको जेठ २ को समझदारी मंसिर ४ मा टुंगिसकेकाले अबका दिनमा आलोपालोमा प्रधानमन्त्री चलाउने भन्ने कुरा त प्रसंगबाहिर भइसकेको कुरा आज प्रधानमन्त्रीले गरेका थिए ।