कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीमा विभिन्न कामले आएका सेवाग्राहीहरुको यो भिडले अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई गिज्याएको देखिन्छ ।
कोभिड–१९ को सङ्क्रमण बढिरहेको बेला भौतिक दूरी कायम गर्नुपर्नेमा यहाँका मानिसहरु यसरी बिना कुनै सुरक्षा क्रमबद्ध भएको आफ्नो काम सकाउनको लागि लाईनमा उभिएका छन् ।