९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

भिजिट भिसाको तरंग : गृहमन्त्रीको राजीनामा कि संसद् अधिवेशन अन्त्य ?

भिजिट भिसाको तरंग : गृहमन्त्रीको राजीनामा कि संसद् अधिवेशन अन्त्य ?
अ अ+ अ-

काठमाडौं । संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट भोलि संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर भिजिट भिसा प्रकरणको विषयलार्ई लिएर संसद्मा विपक्षी दलहरुले अवरोध सिर्जना गरिरहेका छन् । गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग विपक्षी दलहरुको छ । तर न गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् न त न्यायिक आयोग गठन गर्न नै सरकार तयार देखिएको छ ।

प्रतिनिधिसभामा मंगलबार १४ महिनाअघिको दृष्य दोहोरियो । प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग राख्दै सदन अवरुद्ध पारे । सत्तापक्ष गृहमन्त्रीको बचाउमा उभियो । १४ महिनाअघि पनि त्यस्तै भएको थियो । अहिलेको सत्तारुढ दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल थियो । अहिले विपक्षमा रहेका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा । रास्वपा सभापति लामिछाने गृहमन्त्री थिए र सहकारी ठगीमा उनको संलग्नता रहेको भन्दै कांग्रेसले राजीनामा मागेर संसद्का २२ वटा बैठक अवरुद्ध बनाएको थियो ।

त्यसबेला गृहमन्त्री लामिछानेलाई नैतिकताको पाठ कांग्रैसका तत्कालीन प्रमुख सचेतकले सिकाएका थिए । आरोप लागिसकेपछि जोकोहीले पनि निष्पक्ष अनुसन्धानका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सुझाव त्यसबेला लेखकले दिएका थिए ।

लेखक अहिले गृहमन्त्री छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा १४ महिनाअघि उनले लामिछानेको सवालमा दिएका अभिव्यक्ति दोहोर्‍याउँदै रास्वपा सांसद शिशिर खनालले लेखकको राजीनामा मागे । छानबिन समितिको माग गरे । माओवादीले त्यसमा स्वर मिलाउँदै गृहमन्त्रीको राजीनामा माग गरेको छ । तर गृहमन्त्रीले न राजीनामा दिने संकेत देखाएका छन् न सरकारले न्यायिक छानबिन गर्ने आश्वासन दिएको छ । यो अवस्थाले संसद् बैठक अबरुद्ध छ ।

बजेट त सरकारले १५ गते जसरी पनि ल्याउनुपर्छ । यो संवैधानिक व्यवस्था नै हो । तर विपक्षी दलहरुले संसद् अबरुद्ध पारे बजेट कसरी ल्याउने भन्ने प्रश्न छ । विपक्षीहरु आफ्ना मागबाट टसमस नहुने अवस्थामा छन् । किनभने उनीहरुले सरकारलाई झुकाउन गतिलै एजेनडा फेला परेका छन् । यही एजेन्डाका आधारमा राजनीतिक स्वार्थ पूरा गर्न सकिन्छ भन्ने विश्वास विपक्षी दलहरुलाई छ ।

गृहमन्त्री लेखक तस्कर गिरोहसँग मिलेर करोडौं असुलेर भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउने गरिएको घटनामा मुछिएका छन् । गृहमन्त्रालयको सचिवालयका व्यक्तिहरु नै यसमा संलग्न रहेको खुलासा भएपछि गृहमन्त्री अनुसन्धानको दायरामा आएका हुन् ।

गृहमन्त्रीले राजीनामा नदिने हो भने संसद् सहज रुपमा चल्ने अवस्था छैन । संसद् नचले सरकारलाई बजेट ल्याउन बाटो खुल्दैन । यो अवस्थामा सरकारसँग दुई वटा विकल्प छन् । पहिलो गृहमन्त्रीलाई राजीनामा गर्न लगाएर संसद् अघि बढाउने या अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने । यी दुवै विकल्प सहज छैन । गृहमन्त्रीलाई राजीनामा गर्न लगाए सरकार नै ढल्ने सम्भावना रहन्छ भने अध्यादेशबाट बजेट ल्याएर जेनतेन अहिले काम चलाए पनि त्यो बजेट फेरि संसद्को अर्को अधिवेशनबाट पारित गर्न समस्या छ । यो अवस्थामा सरकार कसरी अघि बढ्छ भन्ने यकीन छैन ।

जे सुकै भए पनि भिजिट भिसा प्रकरणले अहिले सत्तापक्ष र विपक्षी दलहरुबीच दुरी बढेको छ । सत्तारुढ दलभित्रै पनि गृहमन्त्रीले राजीनामा दिएर अवस्था सहज बनाउनुपर्छ भन्ने कुरा उठ्न थालेको छ । अध्यादेशबाट बजेट ल्याए गलत परम्परागत बस्ने र सरकार संसद्प्रति जवाफदेही नहुने सम्भावना रहन्छ । अहिलेको निकास भनेको दलहरुबीच सहमति गरेर एउटा मध्यमार्गको खोजी गर्नु नै उपयुक्त हुने देखिन्छ ।