९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

एउटै ढुङ्गाबाट मालिका मन्दिर पुन:निर्माण

एउटै ढुङ्गाबाट मालिका मन्दिर पुन:निर्माण
अ अ+ अ-

गलकोट, (बागलुङ) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुन:निर्माण गरेको छ । अहिले मन्दिरको पुन:निर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ ।

एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर भगवती मन्दिर पुन:निर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्गले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुन:निर्माण गरिएको हो । तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा काटेर कुदिएको हो ।

बागलुङ नगरपालिका–५ मालिका स्थित शक्तिपीठ मालिका भगवती मन्दिरलाई एउटै चट्टान काटेर निकालिएको ढुङ्गालाई कुँदेर मन्दिर पुन:निर्माण गरिएको छ । मालिका भगवती मन्दिरको नामबाट उक्त गाविसको नाम समेत मालिका राखिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ५४ लाखबाट मालिका भगवती मन्दिर पुन:निर्माण थालिएको र अहिले मन्दिरको पुन:निर्माण अन्तिम तरणमा पुगेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खीम सापकोटाले जानकारी दिनुभयो । उहाँले मन्दिरसँगै गणेश मन्दिर, शत्तल, घण्टी, प्रवेशद्वार र तारबार गरी रु एक करोडको संरचना तयार भइरहेको बताउनुभयो ।

अन्य पूर्वाधार मालिका मन्दिर दर्शनका लागि आउने भक्तजन तथा मालिका मन्दिरसँग आस्था जोडिएर देश विदेशमा रहनुभएकाबाट रु एक हजारदेखि रु चार लाखसम्म सहयोग प्राप्त भइरहेको सापोटाले जानकारी दिनुभयो । उहाँले मन्दिरमा उठेको सहयोगले कुँवेरधाम मन्दिरको मूर्ति तयार गरिएको बताउनुभयो ।

“मन्दिर पुन:निर्माण थालेपछि सहयोग उठ्यो, रु ५४ लाखमा पुन:निर्माण थालिएको मन्दिर र अन्यय मन्दिरसँग जोडिएका संरचनासहित रु एक करोडको पूर्वाधार निर्माण अन्तिम चरणमा छ, परापूर्व कालदेखि मालिकाको थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा निर्माण गरिएको मन्दिर जीर्ण बनेपछि पर्यटन मन्त्रालयको बजेटले पुन:निर्माण थालिएको थियो”, उहाँले भन्नुभयो, “दिव्य शिलालाई घेरेर ढुङ्गा र काठ मात्रै प्रयोग गरेर कलात्मक रुपमा मन्दिर पुन:निर्माण गरिएको छ, मन्दिरको अन्य संरचना निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ ।”

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट कालिगढा ल्याएर मन्दिर मिर्नाण गर्ने कार्य चलिरहेको छ । कालिगढबाट ढुङ्गा कँुदिएको, कलात्मक टुडाल र तामाले छाएको मन्दिर निर्माणले साच्चिकै मौलिकता झल्किन्छ । मल्लकालिन थानलाई मालिका भगवतीको रुपमा लिइएको किम्मदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पुजा आजा गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष मेघराज पाण्डेले जानकारी दिनुभयो ।

मल्लकालिन थान रहेको स्थानमा मालिका कालिकाको बहिनीको स्वरुपमा रहेको छ भने  पुरातात्विक क्षेत्र समेत भएकाले मालिका भगवतीलाई यस क्षेत्रमा महत्वका रुपमा हेरिन्छ । कालिका र मालिका दुई बहिनी भएको र कालीगण्डकीको जल कालिकामा चढाएर बाँकी रहेको जल मालिकामा चढाउने चलन रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । रासस