४ भाद्र २०८३, बिहीबार
,
Latest
महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडी बढाउने लगानी बोर्डको निर्णय



अ+ अ-

काठमाडौँ । लगानी बोर्डको बैठकले सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । निजी क्षेत्रले प्रश्ताव गरेको एक हजार मेगावाटको सौर्य ऊर्जासँग सम्बन्धित आयोजनालाई स्वीकृत गरेर त्यसको अध्ययनको प्रक्रिया बढाउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनु भयो ।

उहाँले ब्याट्री इनर्जी स्टोरेज प्रोजेक्टले पिक लोडको अवस्थामा ऊर्जाको प्राप्त नहुने समस्यालाई समाधान गर्ने विश्वास लिइएको बताउनुभयो । उहाँले समुन्द्र भित्र रहने कोबाल्ट लगायत रेयर अर्थ मेट्रियल्सहरुमा नेपाल राख्ने अधिकारलाई लिनको लागि अध्ययन गर्ने सहितको प्रश्तावित प्रश्तावलाई स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडी बढाउने निर्णय भएको समेत बताउनु भयो । उहाँले पाँचखालमा विशेष आर्थिक क्षेत्र विकास गर्ने सम्बन्धित प्रस्तावित परियोजनालाई अगाडी बढाउन उक्त प्रश्तावलाई अध्ययन गरेर स्वीस च्यालेन्जको माध्यममा प्रतिस्पर्धा गराइ अगाडी बढाउने निर्णय भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, “सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको निम्ति करिब एक हजार मेगावाटको निजी क्षेत्रले प्रस्ताव गरेको थियो । ब्याट्री इनर्जी ई स्टोरेज प्रोजेक्ट, जसले गर्दा पिक लोडको अवस्थामा हाम्रो ऊर्जाको प्राप्त नहुने जुन खालको अवस्था थियो त्यो कुरालाई समाधान गर्ने गरी प्राप्त प्रश्तावलाई बोर्डले स्वीकृत गरेर त्यसको अध्ययनको प्रक्रिया बढाउने निर्णय भएको छ । त्यस्तै, नेपालको डीप सीमा हुने अधिकारहरूलाई प्रयोग गरेर त्यसमा गहिरो समुन्द्र भित्र रहने कोबाल्ट लगायत रेयर अर्थ मेट्रियल्सहरुको अधिकार जुन नेपालले राख्दछ, त्यो अधिकारलाई लिनको लागि अध्ययन गर्ने सहितको जुन प्रश्ताव हामीलाई प्राप्त भएको थियो, त्यो प्रश्तावलाई स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ । पाँचखालमा विशेष आर्थिक क्षेत्र विकास गर्ने सम्बन्धित एउटा परियोजना प्रश्ताव भएको थियो, त्यो प्रश्तावलाई अध्ययन गरेर स्वीस च्यालेन्जको माध्यममा प्रतिष्पर्धा गराइ त्यो आयोजनालाई अगाडी बढाउने गरी निर्णय गरिएको छ ।”   

उहाँले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्बन्धित मन्त्रालयहरूको बीचमा टास्क टिम बनाएर थप अध्ययनको कामहरू अघि बढाउने लगायतका निर्णय भएको जानकारी दिनुभयो ।