काठमाडौँ । अवरुद्ध बनेको पृथ्वी राजमार्गमा यातायात पुनः सञ्चालनमा आएको छ ।
धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि ठप्प भएको राजमार्गलाई पुलमुनि डाइभर्सन बनाएर वैकल्पिक बाटो तयार गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।
गन्तव्यतर्फ हिँडेका यात्रु अलपत्र परेका थिए । अहिले आलोपालो गरेर दुवैबाट यातायात संचालन गरिएको प्रहरीले जनाएको छ । सुरुमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडीहरू पठाइएको थियो ।
पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि गाडी वारपार अलपत्र बनेर बसेका थिए ।










