१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि ११ बजेसम्मलाई संसद् स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।

गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई स्थगित गरिएको हो ।

सभामुखले सदनको अवरोध खुलाउन प्रमुख दलका सचेतकहरूसँग छलफल गरेपनि आज संसद् पुनः बस्न सकेन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले सदन अवरोध गरेका छन् । रास्वपाले गृहमन्त्री लेखकमाथि छानबिन आयोगको माग गरेको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान राखेका छन् ।

आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न गृहमन्त्री लेखकले बोल्न पाउनु पर्ने उनीहरूको भनाइ छ ।