१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

आफ्नैबाट असुरक्षित छन् बालिका

आफ्नैबाट असुरक्षित छन् बालिका
अ अ+ अ-

कर्णाली ब्यूरो। सुर्खेत  :

घटना : १

२०७४ चैत १३ गते सुर्खेतमा एक बालिकाको बलात्कारपछि हत्या भयो। जिल्लाको पञ्चपुरी नगरपालिका–३ चौरकी बालिका गोरीकला रोकायाको हत्यामा प्रहरी नै संलग्न थिए। एसईई दिन बाबियाचौरमा कोठा भाडामा बस्दै आएकी उनको बलात्कार र हत्यामा प्रहरी जवान हरिप्रसाद कोइराला लगायतको संलग्नता रहेको अदालतले पुष्टि गरिसकेको छ। घटनापछि तीनजनाले हाल जन्मकैदको सजाय भोगिरहेका छन्।

घटना : २

२०७४ भदौ १७ गते कालिकोटको तिलागुफा नगरपालिका–५ खल्लागाउँकी बालिका मनशोभा न्यौपानेको बलात्कारपछि हत्या भयो। सुर्खेतबाट कालिकोट जानेक्रममा दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूँलाको एक होटलमा उनलाई बन्धक बनाएर बलात्कार गरिएको थियो। बालिकाले यो घटनाबारे प्रहरीमा उजुरी दिने बताएपछि बालिकालाई बिष खुवाएर हत्या गरियो।

घटना : ३

२०७२ माघ ४ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२ खोलागाउँकी बालिका सुस्मिता शाहमाथि स्थानीयबाटै बलात्कार भयो। जंगलबाट दाउरा लिएर फर्कदै गर्दा गाउँकै तीन युवाले सामूहिक बलात्कार गरेका थिए। बलात्कारपछि हत्या गरेको अवस्थामा सुस्मिताको शव फेला परेको थियो। उनको बलात्कार र हत्यामा पनि गाउँकै आफन्त र चिनेजानेका थिए।

घटना : ४

२०७२ चैत १४ गते सल्यान कालागाउँकी १० वर्षीया बालिका मिना कुमाइको हत्या भयो। हत्याको कारण बलात्कार नै थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यी बालिकाको बलात्कार र हत्यामा पनि गाउँकै युवाको संलग्नता थियो।

उल्लेखित घटनाहरू कर्णालीमा पछिल्ला वर्ष बालिकाको बलात्कारपछि हत्या गरिएका केही प्रतिनिधिमूलक मात्र हुन्। दसकको अवधिमा कर्णालीमा धेरै बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ। पछिल्ला वर्षमा भएका घटनालाई केलाउँदा कर्णालीमा बालिकाहरू आफन्त, चिनेजानेका व्यक्ति र सुरक्षाकर्मीबाटै असुरक्षित देखिएका छन्। पछिल्लो दस वर्षको अवधिमा सुर्खेतमा मात्रै चारजना बालिकाको बलात्कारपछि हत्या भएको छ।

‘घटनालाई केलाउँदा अधिकांश घटनामा बालबालिकालाई ललाईफकाई बलात्कार गरेर हत्या गरिएको पाइएको छ’, सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले भने, ‘२० वर्षमुनिका चार बालिकाको बलात्कारपछि हत्या गरिएको छ तर बालिकाको हकमा सबै नाम, ठेगाना खुलाउन मिल्दैन।’ उनले बालिकाहरूलाई प्रलोभनमा पारेर आफन्त र चिनजानकै व्यक्तिहरूले बलात्कार र हत्या गर्ने गरेको उनको भनाइ छ। यस्तै, पछिल्लो १० वर्षको अवधिमा रुकुमपश्चिममा मात्र ४० वटा बलात्कारका घटना भएका छन्। डीएसपी ठगबहादुर केसीका अनुसार जिल्लामा पाँचवटा यौन दुव्र्यवहारका घटना भएको छ। दैलेखमा पनि पछिल्लो पाँच वर्षमा ४८ वटा बलात्कार र १९ वटा यौन दुव्र्यवहारका घटना भएका छन्।

जुम्लामा दस वर्षमा २८ वटा बलात्कारका घटना भए। डीएसपी लालबहादुर धामीका अनुसार जुम्लामा आठवटा बालयौन दुव्र्यवहारका घटना भएका छन्। दस वर्षको अवधिमा कालिकोटमा १८ वटा बलात्कारका घटना भएको सूचना अधिकारी यक्षराज जोशीले जानकारी दिए। नागरिकलाई सुरक्षा दिने सुरक्षाकर्मी नै बालिका बलात्कारका घटनामा संलग्न हुने गरेको पाइएको छ। सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी बालिका गोरीकलाको हत्यामा प्रहरीको नै संलग्नता हुनुले पनि यसलाई पुष्टि गरेको छ। कतिपय बालिका आफन्तबाटै बलात्कृत हुने गरेका छन् भने कतिपय ललाईफकाई बलात्कार र त्यसपछि हत्या गर्ने गरेको पाइएको हो। पछिल्ला वर्षमा सूचना प्रविधिको पहुँचले बढाएको फेसनका कारण पनि बलात्कारका घटनाहरू बढ्दै गएको प्रहरीको भनाइ छ।

कर्णालीमा बलात्कारका घटना बढ्दै गएपछि प्रहरीले अनुसन्धान र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ। बालिकालाई बलात्कारबाट बचाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम, स्कूल–स्कूलमा सचेतनामूलक कार्यक्रम, जनप्रतिनिधि र बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थासँग समन्वयमा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ‘बलात्कार र हत्याका अधिकांश घटनामा आफन्त छन्’, प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले भने, ‘बालिकालाई सुरक्षित राख्न सचेतना फैलाउने र अपराधीलाई कानुनी कारबाहीका लागि प्रहरीले तत्काल रेस्पोन्स गर्दै आएको छ।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।