७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन खुलाउन सभामुखले गरे सचेतकहरूसँग छलफल



अ+ अ-

काठमाडौँ । विपक्षीहरूको अवरोधका कारण स्थगित संसद् खुलाउने प्रयास भइरहेको छ ।

यसैबीच, सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउन पहल थालेका छन् । अहिले प्रमुख दलका सचेतकहरूसँग सभामुखले छलफल गरिरहेका छन् ।

बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले सदन अवरोध गरेका छन् । रास्वपाले गृहमन्त्री लेखकमाथि छानबिन आयोगको माग गरेको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान राखेका छन् ।

आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न गृहमन्त्री लेखकले बोल्न पाउनु पर्ने उनीहरूको भनाइ छ ।

बिहान ११ बजेको बैठक आधा घण्टालाई स्थगित गरिएकोमा पुनः साढे २ बजेलाई सारिए पनि अहिलेसम्म बैठक बस्ने या नबस्ने कुनै टुंगो छैन ।