९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्णः काँग्रेस

गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्णः काँग्रेस
अ अ+ अ-
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गर्नुभएको छ ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको उल्लेख गर्दै दोषि भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताउनु भयो । यद्यपि कर्मचारीमाथि अनुसन्धान शुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाको भनाइ छ । गृह मन्त्रालयअन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सांसद खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्ने बित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘एउटा कर्मचारीमाथि निष्पक्ष छानविन हुन दिनुपर्दछ । गल्ति भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्दछ । तर कसैमाथि अनुसन्धान गर्दैमा र्गहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ । जजसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरुले राजीनामा दिँदै जाने ? अहिले अख्तियारमा प्रत्येक परेका निवेदनमा उजुरी लेख्नको लागि प्रत्येक कार्यालयमा एउटा कर्मचारी लेख्ने व्यवस्थाको शुरुवात भएको छ । एउटा कर्मचारी त उजुरीको जवाफ दिनको लागि मात्र राखिएको छ । त्यसैले हाम्रो भनाइ के हो भने छानविन गर्न पाउनुपर्दछ । अख्तियार संवैधानिक निकाय हो अख्तियारले छानविन गरिरहेको छ । अनुसन्धानबाट खुलेअनुसार कारबाही हुनुपर्छ । तर यही विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु कति युक्तिसंगत होला ?’
प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै संसद अवरुद्ध पारेका छन् । भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने उनीहरुको माग छ ।