२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग

राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग
अ अ+ अ-

इलाम । राजस्व चुहावटसम्बन्धी आरोपमा उच्च अदालत इलाम इजलासले झापाको मेचीनगर–१४ मा रहेको साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग गरेको छ । नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग नाममा गुट्खा उत्पादन गरिरहेको उद्योगमा रु ७३ करोडभन्दा बढी राजस्व चुहावट गरेपछि मालिक रामकृष्ण शर्मा नाम भएका रमेश शर्माका नामबाट चर्चित उद्योगीलाई रु पाँच लाख धरौटी र उद्योगका सुपरभाइजर विष्णुप्रसाद खरेललाई रु ४५ लाख धरौटी माग भएको हो ।

उच्च अदालतको इलाम इजलासमा भएको थुनछेकको बहसमा न्यायाधीशद्वय विष्णुप्रसाद कोइराला र शिवनारायण यादवको इजलासले सो आदेश दिएको हो । अन्तःशुल्क छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ३६ करोड ५५ लाख ६३ हजार ३३७ रुपैयाँ ४६ पैसा बिगो र त्यति नै जरिवानाको माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

साकम्बरी प्रोडक्ट, माधव इन्टरप्राइजेज र एसएस इन्टरप्राइजेज नामका तीन वटा फर्म राजश्व चुहावटमा संलग्न रहेको राजश्व अनुसन्धान विभागले ठहर गर्दै छ जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये रमेश शर्मा र विष्णुप्रसाद खरेल अदालतमा उपस्थित भएका छन् । साकम्बरीका मुकेश शर्मा, एसएस इन्टरप्राइजेजका सुपरभाइजर सदन सिंह, सिताराम शर्मा र मे १ ज १६०० नम्बरको सवारीधनी आषिश शर्मा भने अदालतमा उपस्थित भएका छैनन् ।

“सूचनाका आधारमा छापा मारेका हौँ”, विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, “रातभर उत्पादन गरेर बिहानै बजारमा बिक्री गरेको सूचना पाएकाले अनुसन्धान थालेका थियौँ ।” गत वर्षको जेठमा विभागले उद्योग बन्द गराएको थियो ।

विना स्टिकर र रि–स्टिकर प्रयोग गरेर नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग बजारमा विक्री भइरहेको थियो । उद्योगका सञ्चालक रमेश शर्माले राजनीतिक पहुँच प्रयोग गरेर राजश्व छली गरिरहेकाले विभाग आफैँ सक्रिय भएको बताइएको थियो । इलाम र झापासहित देशभरका बजारमा राजश्व छली गरेका गुट्खाको बिक्री अत्यधिक छ भने राजश्व छली गरेका भारतीय उत्पादन पनि छ्यापछ्यापती पाइन्छ ।