पोखरा । नेकपा (एमाले) निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
आज बिहान साढे १० बजेदेखि विद्युतीय भोटिङ मेशिनमा मतदान थालिएको हो ।
मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीको तयारी छ । पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ ।
पार्टी नेतृत्वले सर्वसम्मत गराउने प्रयास थालेपनि सम्भव नभएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।
अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् । थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् । दुबैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
थेबेलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको र पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले साथ दिएको बुझिएको छ ।
तस्बिरः राजिव पहारी










