४ भाद्र २०८३, बिहीबार
,
Latest
नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी



अ+ अ-

पोखरा । नेकपा (एमाले) निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

आज बिहान साढे १० बजेदेखि विद्युतीय भोटिङ मेशिनमा मतदान थालिएको हो ।

मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीको तयारी छ । पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ ।

पार्टी नेतृत्वले सर्वसम्मत गराउने प्रयास थालेपनि सम्भव नभएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।

अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् । थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् । दुबैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

थेबेलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको र पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले साथ दिएको बुझिएको छ ।

तस्बिरः राजिव पहारी