२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक स्थगित, शुक्रबार बस्ने

आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक स्थगित, शुक्रबार बस्ने
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको हो। 

पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा मिलिनसकेकाले बैठक स्थगित गरेर अर्को बैठक असार २६ गते बिहान ११ बजेका लागि बोलाइएको छ।  नेकपाभित्र प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर विवाद चुलिरहेका बेला पछिल्लो चार दिन यता अध्यक्षद्व ओली र प्रचण्डबीच एक्लाएक्लै छलफल भइरहेको छ। 

भेटमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने अडान राखिएका छन् भने ओलीले राजीनामाबाट अन्य विषयमा कुरा गर्न भनिरहेका छन्। प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा नदिने र  राजीनामा बाहेका विषयमा मात्रै छलफल हुन सक्ने बताउँदै आएका छन्। 

यसअघि बोलाइएका स्थायी कमिटी बैठक पनि दुई अध्यक्षबीचको छलफल जारी रहेको भन्दै स्थगित हुँदै आएको थियो।