५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । चीन भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपति भण्डारीले तियानमेन स्क्वायर पुगेर माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारी त्यहाँ पुग्दा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ उहाँलाई स्वागत गर्नुभएको थियो । समारोहमा चिनियाँ उच्च अधिकारीहरू सहित नेपाली प्रतिनिधी मण्डलको उपस्थिती रहेको थियो ।

नेपाली प्रतिनिधि मण्डलले १० लाख मानिसको सहभागितामा १४ बर्षको समय लगाएर बनेको फरविडन सिटीको अवलोकन पनि गरेको टोलीमा सहभागी एमाले नेता कर्णबहादुर थापाले जानकारी दिनुभयो ।