९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि नेपालको राजदूत महेन्द्रबहादुर पाण्डे कार्यभार सम्हाल्न जादै



अ+ अ-

जनवादी गणतन्त्र चीनका लागि नेपालको राजदूत महेन्द्रबहादुर पाण्डे आफनो कार्यभार सम्हाल आज चीन जादै हुनुहुन्छ । बेशाख  ५ गते पाण्डेलाई राष्ट्रपति बिद्यादेबी भण्डारीले  चीनको राजदूतमा नियुक्त गरिए पनि कोरोनका कारण अन्तराष्ट्रिय उडान नभएकाले आफनो कार्यभार सम्हाल्न चीन जान पाउनु भएको थिएन ।

आज हिमालय एयरलाईन्स चार्टर फलाईट बाट चीनको त्याङजिङ्ग हुदै बेईजिङ्ग जान लाग्नु भएको हो ।  नेकपा भित्रको अन्तर कलह चलिरहेको समय र  नेपाल स्थित चीनिया राजदुतको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको बेला पाण्डे आफनो कार्यभार सम्हाल्न त्यसतर्फ जान लाग्नु भएको हो ।  

सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।