४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा सांसद कुशवाहाको घरमा अख्तियारको छापा



अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सांसद तथा पूर्वराज्यमन्त्री सरोजसिंह कुशवाहाको जनकपुरधाम–९ स्थित घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले कुशवाहाको घरमा छापा मारेको हो। महोत्तरी क्षेत्र नम्बर ४(ख) बाट दोस्रोपटक निर्वाचित सांसद कुशवाहाको घरमा छापाको क्रममा उनका स्वकीय सचिव विनोद लाललाई नियन्त्रणमा लिइएको छ। टोलीले सांसद कुशवाहाको मोबाइल फोन र विभिन्न कागजातहरू पनि बरामद गरेको छ।

प्रदेश सरकारबाट कुशवाहाको भागमा परेका योजनाहरू बिक्री गरेको सूचनाका आधारमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ। उनी लालबाबु राउत नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए।