५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरविहीनलाई घर निर्माण गर्दै जैमिनी नगरपालिका



अ+ अ-

बागलुङ। यहाँका जैमिनी नगरपालिकाका आठ घरविहीन परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको छ । सुकुम्वासी, आर्थिक अभावमा पुनःनिर्माण गर्न नसकेका र विभिन्न विपद्बाट विस्थापित परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको हो ।

नगरपालिकाले सबैभन्दा पहिले सुकुम्वासी परिवारलाई जग्गा खरिद गरी घर निर्माण गरिदिएको हो । हालसम्म जैमिनी नगरपालिका–९ पैयुथन्थापका धर्मागत पाध्य, भविन्द्र थापा, वडा नं १० राङखानीकी हरिमाया थापा, वडा नं ४ सर्कुवाकी देउरूपा सार्की, जैमिनी वडा नं ८ छिस्तीकी नरवदी पुन घर्ती, वडा नं ८ छिस्तीका सन्तबहादुर विक, जैमिनी वडा नं ३ उपल्लो दमेकका गिरीबहादुर परियार र तुलबहादुर घर्तीको घर निर्माण गरेको इञ्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो ।

सुकुम्वासीको घर निर्माणका लागि रु तीन लाख, विपद्बाट क्षति भएर घरविहीन भएका परिवारलाई रु दुई लाख ५० हजार र आर्थिक अभाव कमजोर भई पुनःनिर्माण गर्न नसकेका परिवारलाई रु दुई लाख उपलब्ध गराउने सापकोटाको भनाइ छ । हालसम्म आठ घर निर्माण गरी हस्तान्तरण गरिसकेको र अझै पाँच वटा घर निर्माणाधीन रहेको सापकोटाले बताउनुभयो ।

नगरपालिकाले १३ सुकुम्वासी, विपद्बाट क्षति घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भई पुनःनिर्माण गर्न नसकेका ४१ परिवारको घर निर्माण गरिदिने जनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले घरविहीन परिवारलाई पहिलो प्राथमिकतामा राखेर आवस निर्माण गरिरहेको बताउनुभयो ।

तीन पुस्तासम्म घर नभएकालाई नगरपालिकाले पहिलो चरणमा बनाइ दिएको, विपद् र आर्थिक अभावका कारण पुनःनिर्माण गर्न नसकि अरूको घरमा आश्रय लिएकालाई दोस्रो चरणमा आवास निर्माण गरिदिने उहाँको भनाइ छ ।

उपप्रमुख शर्माले भन्नुभयो, “कोही पनि नागरिक, गास, बाँस र कपासबाट वञ्चित हुनुहुँदैन, स्थानीय सरकारले स्रोतसाधानले भ्याएसम्म उनीहरुका लागि काम गरिरहेको छ ।”

लामो समयदेखि अरुको घरमा आश्रय लिँदै आउनुभएका जैमिनी नगरपालिका–८का सन्तबहादुर कामीले नयाँ घर पाएपछि खुसी व्यक्त गर्नुभयो । रासस