६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु



अ+ अ-

जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ ।

मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।

उहाँलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।