६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडक्रस अन्तरराष्ट्रिय समितिद्वारा सहयोग गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । रेडक्रस अन्तरराष्ट्रिय समितिको नेपालस्थित नियोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।

आयोगका अध्यक्ष लिलादेवी गड्तौलासहितका पदाधिकारीसँगको शिष्टाचार भेटवार्तामा नियोग प्रमुख सन्देश श्रेष्ठले कार्यादेश अनुरुप आयोगले सुरु गरेको प्रारम्भिक काम कारबाही प्रशंसनीय भएको बताउनुभयो । आयोगबाट छोटो समयमा भएका प्रगति र चालिएका कदमको नियोगका तर्फबाट प्रशंसा भएको आयोगका सदस्य तथा प्रवक्ता श्रृजना पोखरेलले जानकारी दिनुभयो ।

आयोगलाई के कति र के कस्तो सहयोग आवश्यक पर्छ त्यो आश्यकताअनुसार उपलब्ध गराउन नियोगका तर्फबाट प्रतिबद्धता जनाउनुभएको सदस्य पोखरेलले बताउनुभयो । सो अवसरमा नियोग प्रमुख श्रेष्ठले आगामी दिनमा बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी प्रक्रिया र विधिबारे जिज्ञासा राख्नुभएको थियो ।

आयोगले नयाँ पदाधिकारीको नियुक्तिसँगै प्रकाशन गर्नुपर्ने सूचना जारी गरी सम्बन्धित कार्यालयमा पत्राचार गरिसकेको छ । आयोगले ऐन बमोजिम कार्य प्रारम्भ र नियमावलीका लागि मस्यौदा तयार कार्य सुरु गरिसकेको छ । त्यसपछि आयोगले द्वन्द्व पीडित र विज्ञसँग छलफल गर्ने जनाएको छ ।

नियमावली आएपछि आयोगले आफ्नो चार वर्षे कार्ययोजना बनाउने सोच अघि बढाएको सदस्य पोखरेलले जानकारी दिनुभयो । आयोगले यसअघि नै पीडित मैत्री भएर काम गर्ने प्रतिबद्धता गरिसकेको छ ।