९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्रीको अभिव्यक्ति खेदजनक–नेता भण्डारी

प्रधानमन्त्रीको अभिव्यक्ति खेदजनक–नेता भण्डारी
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार दिउँसो पार्टीको एक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौँ आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

नेता भण्डारीले प्रधानमन्त्रीले उत्तेजक एवम् अराजक अभिव्यक्ति दिएको भन्दै फिर्ता लिन माग गरेका हुन् ।

नेता भण्डारीले भनेका छन्– ‘शान्तिपूर्ण रूपमा भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाउने नागरिकका नैसर्गिक अधिकार विरूद्ध आएको प्रधानमन्त्री अराजक अभिव्यक्ति प्रजातन्त्रप्रतिको उपहास हो । म प्रधानमन्त्रीलाई आफ्नो यो उत्तेजक एवम् अराजक अभिव्यक्ति फिर्ता लिन माग गर्दछु ।’

साथै, नेता भण्डारीले पार्टी सभापति शेर बहादुर देउवाको पनि ध्यानाकर्षण गराउँदै यस्तो गैह्रजिम्मेवार अभिव्यक्तिप्रति पार्टी मौन रहनु अर्को दुःखको विषय भएको बताएका छन् ।

उनले भनेका छन्– ‘हाम्रो पार्टी नेपाली काँग्रेसले प्रधानमन्त्रीको यस्तो गैह्रजिम्मेवार अभिव्यक्तिप्रति मौन रहनु अर्को दुःखको विषय भएकाले सभापति ज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु। नेपाली काँग्रेस पार्टी प्रधानमन्त्रीलाई लगाम लगाउन सकेन र निरन्तरसंग प्रधानमन्त्री यसरी नै अराजक अभिव्यक्ति दिइरहँदा समेत नेपाली काँग्रेस प्रधानमन्त्रीलाई सचेत गराउँदैन भने प्रधानमन्त्रीका अभिव्यक्तिमा नेपाली काँग्रेसको पनि समर्थ रहेका भनेर जनतामा गलत सन्देश जाने भएकोले नेपाली काँग्रेसले प्रधानमन्त्रीको हिजो अराजक अभिव्यक्ति भत्सना गर्दै शिघ्र वक्तव्य जारी गर्न समेत माग गर्दछु ।’

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ १५ गते नेकपा ९एमाले० का कार्यकर्ताहरूलाई काठमाडौं नियन्त्रणमा लिन भनी हिजो आइतवार दिएको निर्देशन घोर आपत्तिजनक अभिव्यक्ति हो संविधान, मानव अधिकार, विधिको शासन विरूद्ध देशको प्रधानमन्त्रीको अभिव्यक्ति आउनु यो खेदजनक घटना हो । शान्तिपूर्ण रूपमा भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाउने नागरिकका नैसर्गिक अधिकार विरूद्ध आएको प्रधानमन्त्री अराजक अभिव्यक्ति प्रजातन्त्रप्रतिको उपहास हो । म प्रधानमन्त्रीलाई आफ्नो यो उत्तेजक एवम् अराजक अभिव्यक्ति फिर्ता लिन माग गर्दछु ।

त्यसै गरी हाम्रो पार्टी नेपाली काँग्रेसले प्रधानमन्त्रीको यस्तो गैह्रजिम्मेवार अभिव्यक्तिप्रति मौन रहनु अर्को दुःखको विषय भएकाले सभापति ज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु। नेपाली काँग्रेस पार्टी प्रधानमन्त्रीलाई लगाम लगाउन सकेन र निरन्तरसंग प्रधानमन्त्री यसरी नै अराजक अभिव्यक्ति दिइरहँदा समेत नेपाली काँग्रेस प्रधानमन्त्रीलाई सचेत गराउँदैन भने प्रधानमन्त्रीका अभिव्यक्तिमा नेपाली काँग्रेसको पनि समर्थ रहेका भनेर जनतामा गलत सन्देश जाने भएकोले नेपाली काँग्रेसले प्रधानमन्त्रीको हिजो अराजक अभिव्यक्ति भत्सना गर्दै शिघ्र वक्तव्य जारी गर्न समेत माग गर्दछु ।

जय नेपाल !
शंकर भण्डारी
नेपाली काँग्रेस केन्द्रीय सदस्य, प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री