६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालय बनाउन ललित तामाङद्वारा नि: शुल्क जग्गादान



अ+ अ-

भोजपुर । भोजपुर नगरपालिका ९ ले नयाँ प्रशासनिक भवनबाट सेवा थालेको छ । वडाले स्थानीयवासीलाई पायक पर्ने स्थान पानीट्याङ्की नजिक रु ३४ लाख लागतमा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह थालनी गरेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।

भवन निर्माणको लागि स्थानीयवासी ललित तामाङले नि:शुल्क एक रोपनी जग्गा प्रदान गर्नुभएको थियो । “आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह गरिरहेका छौँ” वडाध्यक्ष तामाङले भन्नुभयो,“यहाँ कार्यालय सञ्चालनको लागि भवन नहुँदा धेरै समस्या थिए । नगरपालिकामा एक वटा कोठाबाट लामो समयसम्म सेवा प्रवाह गरियो । अहिले आफ्नै कार्यालय भवन हुँदा सेवा प्रवाहमा सहजता भएको छ ।”

आफ्नै वडामा कार्यालय भवन निर्माण भएर सेवा प्रवाह भएपछि सहजता भएको स्थानीयवासी धनबहादुर तामाङले बताउनुभयो ।“वडामा नै कार्यालय नहुँदा हामीलाई वडाको सेवा लिन समस्या थियो” उहाँले भन्नुभयो,“माथिल्लो क्षेत्रका नागरिक सेवा लिन सदरमुकामसम्म जान धेरै समय लाग्यो । अहिले वडाबाट सेवा शुरु भएपछि हामीलाई सहजता छ ।”

वडाको सेवा सवैलाई सहज हुने तथा पायक पर्ने स्थानबाट सेवा प्रवाह भएपछि स्थानीयबासी खुसी भएका छन् । वडा भवन नहुँदा माथिल्लो भेगका नागरिकलाई एकदेखी डेढ घण्टा धाएर सेवा लिनु पर्ने अवस्था थियो । रासस