९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

देशको राजनीतिक तथा आर्थिक सङ्कट समाधानका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ : अध्यक्ष नेपाल

देशको राजनीतिक तथा आर्थिक सङ्कट समाधानका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ : अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा उत्पन्न राजनीतिक तथा आर्थिक सङ्कट समाधानका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित जनसेवा नेपाल मोर्चासँगको एकता समारोहमा अध्यक्ष नेपालले कम्युनिष्ट आदर्श तथा मूल्यमान्यतालाई अवलम्बन गर्ने दल तथा वामपन्थी शक्तिहरूसँग आफ्नो पार्टीले सहकार्य तथा एकता गर्ने विषय प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

मुलुकमा विभिन्न समयमा कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनले सामाजिक न्याय तथा आर्थिक रुपान्तरण हुन नसकेको बताउँदै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले विगतका कमजोरीलाई सच्याएर देश विकास तथा जनताका अधिकार संरक्षणका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत समाजवादीले मूलधारको कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गरेको विचार व्यक्त गर्दै उहाँले सिद्धान्त, नीति तथा कार्यक्रमका आधारमा वामपन्थी शक्ति एकताबद्ध गर्न आफूहरुले देशभर राजनीतिक अभियान सुरु गरेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य, व्यक्ति तथा मानव समाजको विकासका लागि वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिँदै समाजवादको अभ्यासले श्रमजीवी वर्गको अधिकार, जनसहभागिता, सामाजिक न्याय, समान अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच सविन पुलामी नेतृत्वको जनसेवा नेपाल मोर्चा एकीकृत समाजवादीमा समाहित भएको हो । उक्त कार्यक्रममा वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, सचिव मेटमणि चौधरीलगायले उहाँहरुलाई स्वागत गर्नुभयो । रासस