९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दश महिनामा १३ हजार पर्यटक रारा पुगे

दश महिनामा १३ हजार पर्यटक रारा पुगे
अ अ+ अ-

मुगु। नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन् । गत वर्ष साउनदेखि यही वैशाख मसान्तसम्म उनीहरुले रारा क्षेत्रको भ्रमण गरेका हुन् ।

रारा राष्ट्रिय निकुन्जको कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले दिएको जानकारीअनुसार गत वैशाख मसान्तसम्म रारा घुम्न आएका पर्यटक सङ्ख्या हेर्दा विगत वर्षभन्दा यो वर्ष बढेको देखिएको छ । सो अवधिमा आन्तरिक पर्यटक १२ हजार ७६१, सार्क राष्ट्रका ४५ र अन्य देशका २०८ जनाले राराको भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०८०÷८१ मा १७ हजार २९७ पर्यटकले राराको भ्रमण गरेका थिए । तर यस वर्ष वैशाखमै १३ हजार बढी पर्यटक रारा पुगेकाले असार मसान्तसम्म अझै बढने र गत वर्षभन्दा बढी पर्यटक रारा पुग्ने आश गरिएको अधिकृत न्यौपानेले बताउनुभयो ।

यस्तै विभिन्न शिर्षकमा रु ४४ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । रारा राष्ट्रिय निकुन्जको कार्यालयले यही जेठ ५ गतेसम्म विभिन्न शिर्षकमा सो राजस्व सङ्कलन गरेको हो । यसमध्ये पर्यटन शुल्कबाट रु ३१ लाख २७ हजार राजस्व उठेको छ । रारा घुम्न आउने पर्यटकमध्ये आन्तरिकतर्फ प्रति व्यक्ति रु एक हजार, सार्क राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र विदेशी अन्य देशका नागरिकलाई रु तीन हजार पर्यटन शुल्क तोकेको छ ।

सडक स्तरोन्नति नहुँदा रारा आउन सास्ती

राज्यले रारा पुग्ने सडक कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक स्तरोन्नति गरे पर्यटकको सङ्ख्या बढ्ने रारा मध्यवर्र्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सडकको अवस्था नाजुक छ, ठूला गाडी गुड्न सडक साँघुरो छ, सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ । रारा विमानस्थलमा नियमित हवाइ उडान हुने हो भने कर्णाली प्रदेशकै आर्थिक अवस्थामा सुधार आउने देखिन्छ ।

रारामा पर्यटकमैत्री भौतिक पूर्वाधारको अभाव छ । त्यसैले रारामा अझ बढी पर्यटक भित्र्याउन र पर्यटकको बसाइ लम्ब्याउन सरकारले बृहत् रारा विकास प्राधिकरण गठन गरी यहाँको विकासका लागि कदम चाल्नुपर्छ । रासस