३० असार २०८२, सोमबार
,
Latest
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु संघीय मन्त्रालयले गर्‍यो ११ उपसचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित) मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा माडीमा रेबिजको सङ्क्रमण बढ्दो बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहले जनताको हितमा काम गर्नुपर्छः नेता सिटौला



अ+ अ-

मोरङ। राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको कानुन, नीतिनिर्माण र बजेट निर्माणमा देखिएका समस्या समाधानमा सङ्घीय सरकारलाई राष्ट्रियसभाले ध्यानाकर्षण गराउने बताउनुभएको छ ।

सङ्घीय संसद् राष्ट्रियसभा सचिवालय काठमाडौँद्वारा आज यहाँ आयोजित राष्ट्रियसभाका सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष एवं उपाध्यक्षबीचको समन्वय बैठक एवं अन्तरक्रियामा उहाँले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा केही समस्या देखिएकाले राष्ट्रियसभाको पूर्ण बैठकले यसबारे छलफल गरी निर्णय गर्ने बताउनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता सिटौलाले संविधानअनुसार तीन तहको सरकार निर्माण भएको र स्थानीय निकायले समग्र रूपमा जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले स्थानीय तहमा देखिएका समस्या, कानुन कार्यान्वयनलगायतका विषयमा प्राप्त सुझावलाई कार्यान्वयनतर्फ लग्ने विचार राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता गोपीबहादुर सार्की अछामीले कानुन निर्माणमा तीन तहको क्षेत्राधिकार र हालको अवस्था, प्रशासनिक सङ्घीयता र जनशक्ति व्यवस्थालगायतका विषयमा जानकारी लिनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । रासस