९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्छः मन्त्री भण्डारी

आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्छः मन्त्री भण्डारी
अ अ+ अ-

ललितपुर। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज यहाँ भएको आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुनःएकीकरणसम्बन्धी छलफलमा उहाँले मुलुकमा रोजगारीको सम्भावना नै छैन भन्ने धारणाबाट बढेको नैराश्यता हटाउन जरूरी रहेको बताउनुभयो ।

“दोषारोपण गरेर हैन, यथार्थतालाई चिरफार गरेर अगाडि बढ्नुपर्छ, रोजगारदाताले उपयुक्त जनशक्ति पाइरहेको छैन, यहाँका काममा बमहिरबाट मानिस आउनुपर्ने अवस्था छ । भनसुनबिनौ योग्यता, क्षमताअनुसारको काम पाउने अवस्था सृजना गर्न श्रम संसारको सुरुआत गरेका छौँ, त्यसलाई नागरिक एपमा जोड्छौँ”, मन्त्री भण्डारीले भन्नुभयो,“सरोकार भएकाहरूलाई एकीकृत गरेर सुधारका काम गर्छौं, विदेशबाट फर्किएर आएका र रोजगारीको खोजीमा रहेकालाई रोजगारमा जोड्ने गरी काम गर्नुपर्छ भनेर लागिरहेका छौँ ।”

उहाँले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको काम वैदेशिक रोजगारको मात्रै काम हो भन्ने सोचबाट मुक्त भएर मुलुकमा भएको रोजगारीको सम्भावना र अवसरलाई पनि ध्यान दिएर काम गर्न लागिपरेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले देशभित्रै उत्पादनका क्षेत्रमा रोजगारीको सृजना गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि, निर्माण, पर्यटन, होटललगायतका क्षेत्रमा सम्भावना रहेकाले यसमा लगानी गर्नुपर्ने बताउनुभयो । प्राडा अधिकारीले दिगो विकास योजनाअनुसारको लक्ष्य प्राप्त गर्न रु ३० खर्ब २३ अर्ब लगानी गर्नुपर्ने भन्दै उद्योग विभागले सम्पादन गर्ने हरेक कार्यसँग रोजगारीलाई जोड्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले ज्ञानसहितको दक्ष जनशक्ति नहुँदा रोजगारीका क्षेत्रमा ठूलो समस्या देखापरेको बताउनुभयो । उहाँले देशभित्रै काम गर्न गाह्रो मान्ने तर त्यही काम विदेशमा गएर गर्न तत्पर रहने पद्धतिले रोजगारीको वातावरण नबनिरहेको धारणा राख्नुभयो । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषले स्वास्थ्य सुरक्षा, सेवा निवृत्तपछिको आर्थिक व्यवस्थापनलगायत क्षेत्रमा कोषको भूमिकाबारे जानकारी गराउनुभयो ।

रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले विदेशमा श्रम गरेर फर्किएर आएकाहरूलाई उनीहरूको सीपलाई सदुपयोग हुनेगरी ध्यान दिएर ‘स्टार्टअप’ परियोजनालाई प्रभावकारी रूपमा लागू गरिनुपर्ने बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाले श्रम बजारको व्यवस्थापन, औद्योगिक वातावरण तयार गर्ने, श्रम बजार सूचना प्रणालीको व्यवस्थापन, सामाजिक सुरक्षा बिमालगायत सन्दर्भमा गोष्ठीबाट प्राप्त सुझाव महत्वपूर्ण हुने बताउनुभयो । रासस