९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दूध अभावले ‘चितवन मिल्क’ बन्द

दूध अभावले ‘चितवन मिल्क’ बन्द
फाइल फोटो
अ अ+ अ-

चितवन। दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दैै आएको ‘चितवन मिल्क उद्योग’ले प्रशोधनका लागि दूध नपाएपछि बन्द भएको छ । दूध नपाएपछि गत वैशाख १० गतेदेखि उद्योग बन्द भएको हो ।

उद्योगमा सहकारी संस्था र फर्महरुले बिक्री नभएको दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्ने गर्दछन्  । भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घसंस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि प्राप्त गर्न नसकिएको बताउनुभयो ।

एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ । देशभरका ३० संस्थाले यहाँ प्रशोधनका लागि दूध ल्याउने गर्दछन् ।

प्रबन्धक पराजुलीले सहकारी र फर्मले दूध नल्याएपछि आफैँले दूध किनेर मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजना भए पनि दूध पाउन नसकेको बताउनुभयो । गत आर्थिक वर्षमा फागुनदेखि भदौसम्म उद्योग बन्द भएको थियो । अघिल्ला वर्षहरुमा भने यो मौसममा दूधको अभाव हुने गरेको थिएन । ती वर्षहरुमा असार १५ देखि साउन मसान्तसम्म दूधको अभाव हुने गरेको उहाँले बताउनुभयो ।

उद्योगमा ३४ कर्मचारी कार्यरत छन् । उद्योग सञ्चालन नहुँदासमेत मासिक रु १५ लाख हाराहारी खर्च हुने प्रबन्धक पराजुली बताउनुहुन्छ । उद्योगमा अहिले १५ किलोका नौ हजार ब्लक नौनी र  १२ हजार बोरा  धुलो दूध बाँकी छ ।

विक्रम संवत् २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको थियो । रासस