२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

साउनदेखि टोलटोलमा पठनपाठन

साउनदेखि टोलटोलमा पठनपाठन
अ अ+ अ-

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । 

शिक्षण सिकाइलाई नियमित बनाउन शहरी क्षेत्रमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी नदेखिएकाले आफ्नो क्षेत्रमा टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “पहाडी भूगोल रहेको हाम्रो क्षेत्रमा इन्टरनेटको पहुँच छैन”, उहाँले भन्नुभयो, “लामो समयको बन्दाबन्दीले विद्यार्थीमा पढ्ने बानी हट्दै गएकाले सामाजिक दूरी कायम गर्दै साउन ७ गतेबाट टोलटोलमा पठनपाठन शुरु गर्ने निर्णय गरिएको हो ।”

साउन ७ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय गरिएसँगै बन्दाबन्दीको कारण आ–आफ्नो घरमा रोकिएर रहेका शिक्षकलाई साउन ३ गतेभित्र अनिवार्यरूपमा गाउँपालिकामा उपस्थित हुन पत्राचारसमेत गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “बाहिरी जिल्लाका शिक्षकलाई गाउँपालिकामा झिकाएर अनिवार्यरूपमा आरडिटी गरिनेछ”, उहाँले भन्नुभयो, “आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएका शिक्षकलाई मात्र टोलटोलमा परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय गरिएको छ ।”

गाउँपालिकाभित्रै रहेका शिक्षकको भने आरडिटीसमेत परीक्षण नगरिने गाउँपालिकाले जनाएको छ । साउन ४ गते सबै शिक्षक आफू कार्यरत विद्यालयमा उपस्थित भई आ–आफ्नो विषयको कार्यतालिका बनाउनुका साथै साउन ७ गतेबाट टोलटोलमा पुगेर पठनपाठन शुरु गर्ने जनाइएको छ । 

टोलटोलमा पुगेका शिक्षकले विद्यार्थीलाई गृहकार्य गर्न लगाउने, नजानेका कुरामा सहजीकरण गर्ने, आन्तरिक मूल्याङ्कन अद्यावधिकलगायतका क्रियाकलाप गर्ने गाउँ शिक्षा समितिका सदस्य एवं महेन्द्रोद्धय माविका प्रधानाध्यापक केशवकुमार खड्काले बताउनुभयो । “विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर पुगेको छ”, उहाँले भन्नुभयो, “शिक्षक र विद्यार्थीको सम्पर्कका माध्यमबाट विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै नियमित पठनपाठन सञ्चालन गर्न टोलटोलमा जाने निर्णय गरिएको हो ।”

गाउँपालिकाभित्र सञ्चालित ४८ वटै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टोलटोलमा भेला गरेर शिक्षक सिकाइका साथै विभिन्न क्रियाकलापमा सहभागी गराएर पढ्ने बानीको विकास गरिने जनाइएको छ । सात वटा वडामात्रै रहेको उक्त गाउँपालिकाका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यसअघि नै निःशुल्करुपमा पाठ्यपुस्तक उपलब्ध गराइएको थियो । 

टोलटोलमा परिचालन हुने शिक्षकले अनिवार्यरूपमा मास्क, ग्लोब्स र स्यानिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । विद्यार्थीको गाउँटोलमै सञ्चालन हुने शैक्षिक क्रियाकलापका लागि २५० जना शिक्षक परिचालन गरिने गाउँपालिकाले जनाएको छ । 

बन्दाबन्दीको समयमा सञ्चालन गरिने रेडियो र टेलिभिजनको पढाइभन्दा शिक्षक आफैँ टोलटोलमा पुगेर गरिने पठनपाठन उपयुक्त हुने गाउँपालिकाको ठहर छ । गाउँपालिकाले शुरु गरेको अभियानमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

टोलटोलमा सञ्चालन गरिने पढाइको आन्तरिक मूल्याङ्कनमा विद्यार्थीले प्राप्त गर्ने नतिजाको आधारमा उनीहरुलाई अपग्रेट ९माथिल्लो कक्षा चढाउने० कामसमेत गरिने गाउँपालिका प्रमुख राईले बताउनुभयो । लामो समयदेखिको बन्दाबन्दीका कारण विद्यार्थीको बिगिँ्रदै गएको पढ्ने बानीलाई नियमित गराउँदै उपलब्धिसहितको शिक्षण गराएर अपग्रेड गरिने जनाइएको छ । जिल्लाका अन्य स्थानीय तहमा भने अहिलेसम्म कुन उपाय अपनाएर पठनपाठन सञ्चालन गर्ने भन्नेमा कुनै टुङ्गो लागेको छैन । दश स्थानीय तह रहेको जिल्लामा ४९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।