४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि गएराति चीन प्रस्थान गर्नुभएको छ । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जानुभएको हो ।

भ्रमणमा क्रममा पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणमा टोलीमा १५ सदस्य छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ पनि टोलीमा हुनुहुन्छ ।

भण्डारी औपचारिक द्विपक्षीय भ्रमणमा नभई बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा चीन जानुभएको हो ।

चिनियाँ सरकार, सीपीसीको निमन्त्रणमा पूर्वराष्ट्रपति चीन जानुभएको हो । भ्रमणमा उच्चस्तरीय भेटघाट हुने उहाँको सचिवालयले जनाएको छ । त्यस क्रममा दुई देशको सम्बन्धबारे छलफल हुनेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँग हुने भण्डारीको भेटवार्तामा एमालेसँग सम्बन्ध विस्तारबारे कुराकानी हुनेछ । पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन नेता तथा कार्यकर्ताबीच तीव्र भेटघाट गरिरहनुभएको छ । उहाँ भदौमा चीन भ्रमणमा जाने तयारी भए पनि स्थगित भएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीको भ्रमण टोलीमा को को छन् ?

१. रघुवीर महासेठ, विदेश विभाग प्रमुख, नेकपा एमाले

२. दामोदर भण्डारी, मन्त्री– उद्योग, बाणिज्य तथा आपुर्ति

३. कर्णबहादुर थापा, स्थायी कमिटी सदस्य, नेकपा एमाले

४. गोमा देवकोटा, केन्द्रीय सल्लाहकार, नेकपा एमाले

५. देवीप्रकाश भट्टचन, प्रतिनिधिसभा सदस्य

६. कैलाशकुमार भण्डारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

७. भेषराज अधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

८. विनय केसी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

९. महेन्द्र विष्ट, कार्यकारी अध्यक्ष, सार्वजनिक सेवा प्रशारण (पिएसबी)

१०. राजेश प्रसाईं, पूर्वरजिष्ट्रार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

११. कल्याणराज शर्मा, महासचिव, फ्रेण्ड अफ स्किल रोड क्लब नेपाल

१२. टेकबहादुर खड्का, क्यामेरा पर्सन, नेपाल टेलिभिजन

१३. मधु शाही, क्याप्टेन, नेपाली सेना

१४. सरस्वती जिरेल, निजी सुरक्षा