९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

पूर्वराष्ट्रपति भण्डारी १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान
अ अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि गएराति चीन प्रस्थान गर्नुभएको छ । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जानुभएको हो ।

भ्रमणमा क्रममा पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणमा टोलीमा १५ सदस्य छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ पनि टोलीमा हुनुहुन्छ ।

भण्डारी औपचारिक द्विपक्षीय भ्रमणमा नभई बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा चीन जानुभएको हो ।

चिनियाँ सरकार, सीपीसीको निमन्त्रणमा पूर्वराष्ट्रपति चीन जानुभएको हो । भ्रमणमा उच्चस्तरीय भेटघाट हुने उहाँको सचिवालयले जनाएको छ । त्यस क्रममा दुई देशको सम्बन्धबारे छलफल हुनेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँग हुने भण्डारीको भेटवार्तामा एमालेसँग सम्बन्ध विस्तारबारे कुराकानी हुनेछ । पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन नेता तथा कार्यकर्ताबीच तीव्र भेटघाट गरिरहनुभएको छ । उहाँ भदौमा चीन भ्रमणमा जाने तयारी भए पनि स्थगित भएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीको भ्रमण टोलीमा को को छन् ?

१. रघुवीर महासेठ, विदेश विभाग प्रमुख, नेकपा एमाले

२. दामोदर भण्डारी, मन्त्री– उद्योग, बाणिज्य तथा आपुर्ति

३. कर्णबहादुर थापा, स्थायी कमिटी सदस्य, नेकपा एमाले

४. गोमा देवकोटा, केन्द्रीय सल्लाहकार, नेकपा एमाले

५. देवीप्रकाश भट्टचन, प्रतिनिधिसभा सदस्य

६. कैलाशकुमार भण्डारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

७. भेषराज अधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

८. विनय केसी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

९. महेन्द्र विष्ट, कार्यकारी अध्यक्ष, सार्वजनिक सेवा प्रशारण (पिएसबी)

१०. राजेश प्रसाईं, पूर्वरजिष्ट्रार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

११. कल्याणराज शर्मा, महासचिव, फ्रेण्ड अफ स्किल रोड क्लब नेपाल

१२. टेकबहादुर खड्का, क्यामेरा पर्सन, नेपाल टेलिभिजन

१३. मधु शाही, क्याप्टेन, नेपाली सेना

१४. सरस्वती जिरेल, निजी सुरक्षा