१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनान विश्वविद्यालयमा नेपाली भाषामा एमए गर्ने चिनियाँ विद्यार्थी दीक्षित



अ+ अ-

चीन । चिनियाँ विश्वविद्यालयबाट नेपाली भाषामा स्नातकोत्तर(एम.ए) अध्ययन गर्ने चिनियाँ विद्यार्थी दीक्षित भएका छन् ।

युनान विश्वविद्यालय दक्षिण एसियाली विदेशी भाषा विभाग अन्तर्गत नेपाली भाषा प्रमुख विषय लिएर स्नातकोत्तर(एम.ए) गरेका हुन । पहिलो पटक चीनमा नेपाली भाषामा स्नातकोत्तरको अध्ययन हुने एकमात्र युनान  विश्वविद्यालयमा पहिलोपटक दुुईजना छात्राले अध्ययन पुरा गरेका हुन ।

युनानमा स्नातकोत्तर(एमए) तहको अध्ययन हुन थालेपछि चिनियाँ विद्यार्थीहरुलाई नेपाली भाषामा उच्च शिक्षा गर्ने अवसर प्राप्त भएको हो ।

यसअघि, चीनमा नेपाली भाषामा चिनियाँ छात्र छात्राले चारवटा विश्वविद्यालयमा स्नातक तहको मात्र अध्ययन अध्यापन हुने गरेको थियो ।

नेपाली भाषामा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरुले नेपाली, भाषा, ब्याकरण, नेपाली संस्कृति, नेपाली साहित्य र नेपालको राजनीति र कूटनीतिका बारेमा पढ्ने गर्दछन् ।

दक्षिण, पुर्वी एसियाली भाषा विभागका प्रमुख प्राध्यापक डा वाग चुुगले भने, आगामी बर्ष चार जना चिनियाँ छात्राले नेपाली भाषामा स्नातकोत्तर गर्ने अवसर पाएका छन् ।

विश्वविद्यालयमा हाल नेपाली भाषा प्रमुख विषय लिएर स्नातकोत्तर गर्ने अध्ययन गर्ने ९ जना र स्नातक तहमा २४ जना विद्यार्थी अध्ययरत छन् । शुक्रबार स्नातक तहका १३ जना विद्यार्थी स्नातक तह उर्तीर्ण गरी दीक्षित समेत भएका छन् ।

चीनमा राजधानी बेइजिङमा रहेको चिनियाँ सञ्चार विश्वविद्यालय, सिचाङ मिन्चु विश्वविद्यालय र युनान प्रान्तमा रहेको रहेको युनान मिन्चुु विश्वविद्यालयबाट चिनियाँ विद्यार्थीहरुले नेपाली भाषामा स्नातक तहसम्मको अध्ययन गर्न सक्ने छन् ।