४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनान विश्वविद्यालयमा नेपाली भाषामा एमए गर्ने चिनियाँ विद्यार्थी दीक्षित



अ+ अ-

चीन । चिनियाँ विश्वविद्यालयबाट नेपाली भाषामा स्नातकोत्तर(एम.ए) अध्ययन गर्ने चिनियाँ विद्यार्थी दीक्षित भएका छन् ।

युनान विश्वविद्यालय दक्षिण एसियाली विदेशी भाषा विभाग अन्तर्गत नेपाली भाषा प्रमुख विषय लिएर स्नातकोत्तर(एम.ए) गरेका हुन । पहिलो पटक चीनमा नेपाली भाषामा स्नातकोत्तरको अध्ययन हुने एकमात्र युनान  विश्वविद्यालयमा पहिलोपटक दुुईजना छात्राले अध्ययन पुरा गरेका हुन ।

युनानमा स्नातकोत्तर(एमए) तहको अध्ययन हुन थालेपछि चिनियाँ विद्यार्थीहरुलाई नेपाली भाषामा उच्च शिक्षा गर्ने अवसर प्राप्त भएको हो ।

यसअघि, चीनमा नेपाली भाषामा चिनियाँ छात्र छात्राले चारवटा विश्वविद्यालयमा स्नातक तहको मात्र अध्ययन अध्यापन हुने गरेको थियो ।

नेपाली भाषामा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरुले नेपाली, भाषा, ब्याकरण, नेपाली संस्कृति, नेपाली साहित्य र नेपालको राजनीति र कूटनीतिका बारेमा पढ्ने गर्दछन् ।

दक्षिण, पुर्वी एसियाली भाषा विभागका प्रमुख प्राध्यापक डा वाग चुुगले भने, आगामी बर्ष चार जना चिनियाँ छात्राले नेपाली भाषामा स्नातकोत्तर गर्ने अवसर पाएका छन् ।

विश्वविद्यालयमा हाल नेपाली भाषा प्रमुख विषय लिएर स्नातकोत्तर गर्ने अध्ययन गर्ने ९ जना र स्नातक तहमा २४ जना विद्यार्थी अध्ययरत छन् । शुक्रबार स्नातक तहका १३ जना विद्यार्थी स्नातक तह उर्तीर्ण गरी दीक्षित समेत भएका छन् ।

चीनमा राजधानी बेइजिङमा रहेको चिनियाँ सञ्चार विश्वविद्यालय, सिचाङ मिन्चु विश्वविद्यालय र युनान प्रान्तमा रहेको रहेको युनान मिन्चुु विश्वविद्यालयबाट चिनियाँ विद्यार्थीहरुले नेपाली भाषामा स्नातक तहसम्मको अध्ययन गर्न सक्ने छन् ।