काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबार परिसरमा रहेको श्री चतुर्व्यूह नारायण धामको दर्शन गर्नुभएको छ ।
महेन्द्र मन्जिल परिसरमा रहेको धाममा पूर्वराजा ज्ञानेन्द्र ,पूर्व रानी कोमल पूर्वनवयुवराज हृदयेन्द्र सहित परिबारका अन्य सदस्यहरु दर्शनका लागि पुगेका थिए ।
पूर्वराजा शाहलाई राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले स्वागत गर्नुभएको थियो ।














